इजरायलद्वारा १८३ प्यालेस्टिनी कैदीलाई रिहा

इजरायलद्वारा १८३ प्यालेस्टिनी कैदीलाई रिहा : Icon Khabar

इजरायल, माघ २१ । हमाससँग जारी युद्धविराम सम्झौताअन्तर्गत चौथो बन्धक आदानप्रदानमा इजरायलले १८३ प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।

प्यालेस्टिनी स्रोतका अनुसार प्यालेस्टिनी कैदी क्लबका प्रमुख अब्दुल्लाह जाघारीले इजरायली अधिकारीले रिहा गरिएका कैदीहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेका छन् ।

मुक्त गरिएका कैदीहरूमध्ये १५० गाजापट्टीका, ३२ वेस्ट बैंकका र बाँकी एक, जसको इजिप्टको नागरिकता छ । पश्चिम बैंकका कैदीहरूलाई रामल्लाह नजिकैको ओफर जेलबाट रिहा गरिएको थियो ।

जबकि दक्षिणी इजरायलको केट्जियोट जेलबाट रिहा गरिएका गाजाका कैदीहरूलाई इजरायली–नियन्त्रित केरेम शालोम क्रसिङ हुँदै दक्षिणी गाजामा लगिनेछ । प्यालेस्टिनी मुक्ति सङ्गठनको कैदी मामिला आयोगले रिहा गरिएका १८३ मध्ये सात कैदीलाई देशनिकाला गरिनेछ । – सिन्ह्वा /न्यूज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 February 2025
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला