मंगलबार नेप्से परिसूचक २४.५० अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक २४.५० अंकले बढ्यो : Icon Khabar

काठमाडौं, माघ १५ । मंगलबार नेप्से परिसूचक २४.५० विन्दुले बढेर २६५७.७७ अंकमा आएको छ ।

आज ९ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । सबै समूहका सूचक बढेका छन् । विकास बैंक समूहमा सबैभन्दा बढी वृद्धि भएको छ ।

नेप्से सूचकसँगै औसतमा कारोबार रकम पनि राम्रो रहेको छ । अहिले नेप्से २६ सयको तहमा छ । यो लेबलमा आएपछि पनि नेप्से पटकपटक करेक्सन र साइडवेजमा रहेको पाइन्छ ।

आज ३ सय २५ कम्पनीको १ करोड ९६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ३८ करोड २१ लाखभन्दा बढीसहित सप्तकोशी डेभलमेन्ट बैंक अग्रस्थानमा रहेको छ ।

Published Date: 28 January 2025


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग