रेड्मी १३ को मूल्य १ हजार रुपैयाँले घट्यो

रेड्मी १३ को मूल्य १ हजार रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, माघ १५ । साओमीले नेपाली बजारमा रेड्मी १३ स्मार्टफोनको मूल्य एक हजार रुपैयाँले घटाएको छ । कम्पनीले ६ जीबी + १२८ जीबी ​र ८ जीबी + २५६ जीबी भेरियन्टमा उपलब्ध यो मोडेलको नयाँ मूल्य घोषणा गरेको हो ।

नेपालका लागि साओमीका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले रेड्मी १३ को मूल्य घटेको जानकारी दिँदै भने, “हामी रेड्मी १३ मा विशेष छुटको घोषणा गर्न पाउँदा उत्साहित छौं । यो फोन पर्फर्मेन्स, नयाँपन र स्टाइलको उत्कृष्ट मिश्रण हो । यो छुट हाम्रो उच्च गुणस्तरको प्रविधि सबैलाई उचित मूल्यमा उपलब्ध गराउने प्रतिबद्धताको एउटा हिस्सा हो । यस मूल्यले ग्राहकलाई अझ बढी सन्तुष्टि दिनेछ र रेड्मी १३ यो श्रेणीमा सबैभन्दा उत्कृष्ट स्मार्टफोनको रूपमा स्थापित हुनेछ ।”

रेड्मी १३ मा मिडियाटेक हेलियो जी ९१-अल्ट्रा प्रोसेसर रहेको छ, जसले गेमिङ, मल्टी-टास्किङ र दैनिक काममा उत्कृष्ट प्रदर्शन दिने कम्पनीको दाबी छ । यसमा ९० हर्ज रिफ्रेसरेट सहितको ६.७९ इन्चको एफएचडी प्लस डट डिस्प्ले छ । १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो लेन्स र १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको यो स्मार्टफोन ५०३० एमएएच क्षमताको ब्याट्री र ३३ वाटको फास्ट चार्जिङ सुविधा सहित उपलब्ध छ ।

रेड्मी १३ को नयाँ मूल्यमा ६ जीबी + १२८ जीबी भेरियन्टको मूल्य १७,९९९ रुपैयाँ र ८ जीबी + २५६ जीबी भेरियन्टको मूल्य २०,९९९ रुपैयाँ तोकिएको छ । रेड्मी १३ मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओसियन ब्लू गरी तीन कलर भेरियन्टमा नेपालका सबै मी स्टोर र साओमीका आधिकारिक रिटेल आउटलेटमा उपलब्ध छ ।

Published Date: 28 January 2025


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग