रेड्मी १३ को मूल्य १ हजार रुपैयाँले घट्यो

रेड्मी १३ को मूल्य १ हजार रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, माघ १५ । साओमीले नेपाली बजारमा रेड्मी १३ स्मार्टफोनको मूल्य एक हजार रुपैयाँले घटाएको छ । कम्पनीले ६ जीबी + १२८ जीबी ​र ८ जीबी + २५६ जीबी भेरियन्टमा उपलब्ध यो मोडेलको नयाँ मूल्य घोषणा गरेको हो ।

नेपालका लागि साओमीका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले रेड्मी १३ को मूल्य घटेको जानकारी दिँदै भने, “हामी रेड्मी १३ मा विशेष छुटको घोषणा गर्न पाउँदा उत्साहित छौं । यो फोन पर्फर्मेन्स, नयाँपन र स्टाइलको उत्कृष्ट मिश्रण हो । यो छुट हाम्रो उच्च गुणस्तरको प्रविधि सबैलाई उचित मूल्यमा उपलब्ध गराउने प्रतिबद्धताको एउटा हिस्सा हो । यस मूल्यले ग्राहकलाई अझ बढी सन्तुष्टि दिनेछ र रेड्मी १३ यो श्रेणीमा सबैभन्दा उत्कृष्ट स्मार्टफोनको रूपमा स्थापित हुनेछ ।”

रेड्मी १३ मा मिडियाटेक हेलियो जी ९१-अल्ट्रा प्रोसेसर रहेको छ, जसले गेमिङ, मल्टी-टास्किङ र दैनिक काममा उत्कृष्ट प्रदर्शन दिने कम्पनीको दाबी छ । यसमा ९० हर्ज रिफ्रेसरेट सहितको ६.७९ इन्चको एफएचडी प्लस डट डिस्प्ले छ । १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो लेन्स र १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको यो स्मार्टफोन ५०३० एमएएच क्षमताको ब्याट्री र ३३ वाटको फास्ट चार्जिङ सुविधा सहित उपलब्ध छ ।

रेड्मी १३ को नयाँ मूल्यमा ६ जीबी + १२८ जीबी भेरियन्टको मूल्य १७,९९९ रुपैयाँ र ८ जीबी + २५६ जीबी भेरियन्टको मूल्य २०,९९९ रुपैयाँ तोकिएको छ । रेड्मी १३ मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओसियन ब्लू गरी तीन कलर भेरियन्टमा नेपालका सबै मी स्टोर र साओमीका आधिकारिक रिटेल आउटलेटमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 January 2025
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न