इप्सन अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिताको उपाधि सूर्योदय स्कुललाई

इप्सन अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिताको उपाधि सूर्योदय स्कुललाई : Icon Khabar

भक्तपुर, माघ १४ । इप्सन, भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत सदस्य विद्यालय युनिटी इ. स्कुलद्वारा आयोजित इप्सन कप अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताको उपाधि सूर्योदय सेकेण्डरी स्कुलले जित्न सफल भएको छ ।

प्रतियोगितामा इडन गार्डेन इ. स्कुल, ग्लोबल एकेडेमी र विमल मेमोरियल स्कुलले क्रमश: दोस्रो, तेश्रो र सान्त्वना स्थान हासिल गर्न सफल भएको हो । प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि – सूर्यबिनायक नगरपालिका वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

समापन कार्यक्रममा इप्सन अध्यक्ष जि.वि खड्का, आयोजक युनिटी स्कुलका प्रिन्सिपल विपिन गुमाञ्जुले पनि आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा इप्सन उपाध्यक्ष विजय कर्माचार्य, सचिव विक्रम थापा, सहसचिव केवि ङाखुसी, सदस्य सञ्जय खड्का, अनिष राई लगायतले पनि विजयी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

इप्सनले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि विविध गतिविधिहरूको आयोजना गर्दै आएको जानकारी आयोजक विद्यालयका प्रिन्सिपल विपिन गुमाञ्जुले गराए।

Published Date: 27 January 2025


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न