इप्सन अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिताको उपाधि सूर्योदय स्कुललाई

इप्सन अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिताको उपाधि सूर्योदय स्कुललाई : Icon Khabar

भक्तपुर, माघ १४ । इप्सन, भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत सदस्य विद्यालय युनिटी इ. स्कुलद्वारा आयोजित इप्सन कप अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताको उपाधि सूर्योदय सेकेण्डरी स्कुलले जित्न सफल भएको छ ।

प्रतियोगितामा इडन गार्डेन इ. स्कुल, ग्लोबल एकेडेमी र विमल मेमोरियल स्कुलले क्रमश: दोस्रो, तेश्रो र सान्त्वना स्थान हासिल गर्न सफल भएको हो । प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि – सूर्यबिनायक नगरपालिका वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

समापन कार्यक्रममा इप्सन अध्यक्ष जि.वि खड्का, आयोजक युनिटी स्कुलका प्रिन्सिपल विपिन गुमाञ्जुले पनि आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा इप्सन उपाध्यक्ष विजय कर्माचार्य, सचिव विक्रम थापा, सहसचिव केवि ङाखुसी, सदस्य सञ्जय खड्का, अनिष राई लगायतले पनि विजयी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

इप्सनले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि विविध गतिविधिहरूको आयोजना गर्दै आएको जानकारी आयोजक विद्यालयका प्रिन्सिपल विपिन गुमाञ्जुले गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 January 2025






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न