नेपाली सेफहरुको आयोजनामा नेपाली फुड फेस्टिवल हुने

नेपाली सेफहरुको आयोजनामा नेपाली फुड फेस्टिवल हुने : Icon Khabar

काठमाडौँ, माघ १४ । नेपालमा रोजगारीको ग्यारेण्टी नभएपछि आफ्नो बालबच्चाको उज्जवल भविश्यको लागि विदेशमा पशिना बगाई रहेका नेपाली भान्छेहरुले पहिलो पटक नेपालमा भेला भएर आफ्नो शिप प्रर्दशन गर्ने भएको छ ।

विश्वभर छरिएर रहेका नेपाली सेफहरुको आयोजनामा पहिलो पटक नेपाली फुड फेस्टिवल हुन लागेको हो । फेस्टिवलमा विश्वभर कार्यरत सेतो कोट लगाउने सेफहरु (नेपाली भान्से) एकै ठाँउ भेला हुदैछन् । नेपाली सेफ सोसाइटी र अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा फुड फेस्टिवल हुन लागेको हो ।

आगामी वैशाख ६ गते भृकुटीमण्डप स्थित प्रर्दशनी मार्गमा हुन लागेको यो कार्यक्रमको तयारीमा यतिबेला विश्वभरका नेपाली भान्सेहरु जुटिरहेका छन् ।

कार्यक्रममा मध्यपुर्व , युरोपका विभिन्न मुलुक, अमेरिका लगायत ३६ देशमा कार्यरत ५ हजार भन्दा बढी सेफ प्रतिनिधीरुले सहभागीता जनाउदै छन्। जसमा नेपाल पर्यटन वोर्ड, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहयोग रहने अन्तराष्ट्रिय सेफ सोसाइटीका केन्द्रिय संयोजक अरुण अधिकारीले जानकारी दिए ।

फेस्टिवलले सेफहरूलाई एकताबद्ध गर्ने र नेपाली खाना संस्कृतिलाई विश्वभर प्रवद्र्धनमा मद्दत गर्नेछ । साथै नेपाली सेफहरूबीच सञ्जाल निर्माण अन्तराष्ट्रिय स्तरमा कार्यरत नेपाली सेफहरूलाई एकत्रित गरेर अनुभव आदान–प्रदान गर्ने, नेपाली परिकारहरूलाई विश्व बजारमा चिनाउने तथा सेफहरूका पेशागत चुनौती र अवसरहरूबारे छलफल गर्न मञ्च उपलब्ध गराउने उद्देश्यले फेस्टिवल हुन लागेको संयोजक अधिकारीले बताए ।

फेस्टिवलमा देश तथा विदेशका गरी ४० वटा खानाका स्टल राखिनेछ । जसमा नेपाली सेफहरुले अन्तराष्ट्रिय बजारमा तयार पार्ने खानाको स्वाद लिन पाइने अधिकारीले बताए।

त्यस्तै नेपाली खानाको माध्यमबाट नेपालका सांस्कृतिक पक्षलाई विश्वसामु पुर्याउन मद्दत पुग्ने उनको भनाई छ । फेस्टिवलमा नेपाली परम्परागत परिकारदेखि आधुनिक परिकारहरूको प्रदर्शनी,सेफहरूका लागि नयाँ कौशल र प्रविधिको ज्ञान, सेफ अवार्डः उत्कृष्ट सेफहरूलाई सम्मान, सोसाइटीको किताव विमोचन , राष्ट्रिय कलाकारहरुको उपस्थितिमा नेपाली गीत–संगीत र लोपउन्मुख झाकीँ सहितका नृत्य कला प्रस्तुत गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 January 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने