नेपाली सेफहरुको आयोजनामा नेपाली फुड फेस्टिवल हुने

नेपाली सेफहरुको आयोजनामा नेपाली फुड फेस्टिवल हुने : Icon Khabar

काठमाडौँ, माघ १४ । नेपालमा रोजगारीको ग्यारेण्टी नभएपछि आफ्नो बालबच्चाको उज्जवल भविश्यको लागि विदेशमा पशिना बगाई रहेका नेपाली भान्छेहरुले पहिलो पटक नेपालमा भेला भएर आफ्नो शिप प्रर्दशन गर्ने भएको छ ।

विश्वभर छरिएर रहेका नेपाली सेफहरुको आयोजनामा पहिलो पटक नेपाली फुड फेस्टिवल हुन लागेको हो । फेस्टिवलमा विश्वभर कार्यरत सेतो कोट लगाउने सेफहरु (नेपाली भान्से) एकै ठाँउ भेला हुदैछन् । नेपाली सेफ सोसाइटी र अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा फुड फेस्टिवल हुन लागेको हो ।

आगामी वैशाख ६ गते भृकुटीमण्डप स्थित प्रर्दशनी मार्गमा हुन लागेको यो कार्यक्रमको तयारीमा यतिबेला विश्वभरका नेपाली भान्सेहरु जुटिरहेका छन् ।

कार्यक्रममा मध्यपुर्व , युरोपका विभिन्न मुलुक, अमेरिका लगायत ३६ देशमा कार्यरत ५ हजार भन्दा बढी सेफ प्रतिनिधीरुले सहभागीता जनाउदै छन्। जसमा नेपाल पर्यटन वोर्ड, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहयोग रहने अन्तराष्ट्रिय सेफ सोसाइटीका केन्द्रिय संयोजक अरुण अधिकारीले जानकारी दिए ।

फेस्टिवलले सेफहरूलाई एकताबद्ध गर्ने र नेपाली खाना संस्कृतिलाई विश्वभर प्रवद्र्धनमा मद्दत गर्नेछ । साथै नेपाली सेफहरूबीच सञ्जाल निर्माण अन्तराष्ट्रिय स्तरमा कार्यरत नेपाली सेफहरूलाई एकत्रित गरेर अनुभव आदान–प्रदान गर्ने, नेपाली परिकारहरूलाई विश्व बजारमा चिनाउने तथा सेफहरूका पेशागत चुनौती र अवसरहरूबारे छलफल गर्न मञ्च उपलब्ध गराउने उद्देश्यले फेस्टिवल हुन लागेको संयोजक अधिकारीले बताए ।

फेस्टिवलमा देश तथा विदेशका गरी ४० वटा खानाका स्टल राखिनेछ । जसमा नेपाली सेफहरुले अन्तराष्ट्रिय बजारमा तयार पार्ने खानाको स्वाद लिन पाइने अधिकारीले बताए।

त्यस्तै नेपाली खानाको माध्यमबाट नेपालका सांस्कृतिक पक्षलाई विश्वसामु पुर्याउन मद्दत पुग्ने उनको भनाई छ । फेस्टिवलमा नेपाली परम्परागत परिकारदेखि आधुनिक परिकारहरूको प्रदर्शनी,सेफहरूका लागि नयाँ कौशल र प्रविधिको ज्ञान, सेफ अवार्डः उत्कृष्ट सेफहरूलाई सम्मान, सोसाइटीको किताव विमोचन , राष्ट्रिय कलाकारहरुको उपस्थितिमा नेपाली गीत–संगीत र लोपउन्मुख झाकीँ सहितका नृत्य कला प्रस्तुत गरिनेछ।

Published Date: 27 January 2025


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न