सिरीन् केन् स्कुलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

सिरीन् केन् स्कुलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, माघ १४ । चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलस्थित सिरीन् केन् इङलिश स्कुलको आयोजनामा नेशनल प्याब्सन भक्तपुर अन्तर्गत मा.वि अन्तर जिल्ला व्यापी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा मडरल्याण्ड स्कुल प्रथम भएको छ भने इडेन गार्डेन स्कुल द्धितीय  र आरक्षन नेशनल स्कुल तृतीय हुन सफल भएको छ भने पारागन एकेडेमीले सान्त्वना प्राप्त गरेको छ । प्रतियोगितामा पुरस्कृत हुने विद्यार्थीहरुलाई प्रमाण पत्र मेडल र ट्र्फी वितरण गरिएको थियो ।

स्कुल तहका विद्यार्थीहरुमा पनि किताबी ज्ञानको साथ साथै बाहिय ज्ञानको पनि जानकारी हुनुु पर्छ भन्ने उद्वेश्यले आयोजना गरिएको उक्त हाजिरी जवाफ प्रतियोगितामा १६ वटा विद्यालयहरु सहभागी रहेको कुरा उक्त आयोजक स्कुल सिरीन् केन् इङलिश स्कुलका डाइरेक्टर कमल सुवालले जानकारी दिए।

Published Date: 27 January 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु