काठमाडौँको दरबारमार्गमा ‘द ब्ल्याक गोल्ड’ हलाल रेष्टुरेन्ट सञ्चालनमा

काठमाडौँको दरबारमार्गमा ‘द ब्ल्याक गोल्ड’ हलाल रेष्टुरेन्ट सञ्चालनमा : Icon Khabar

काठमाडौँ, माघ २८ । प्रेस्टेजीयो होल्डिङद्वारा सञ्चालनमा ल्याइएको सो रेष्टुरेन्ट हालसम्मकै फरक डिजाइन र थिममा निर्माण गरिएको छ । झण्डै एक करोड लागानीमा खुलेको सो रेष्टुरेन्ट पूर्ण रुपमा अरेबिक थिममा निर्माण भएको छ ।

यसअघि नै धुम्बाराही र बानेश्वरमा दुई प्रेस्टिजीयो रेष्टुरेन्ट सञ्चालनमा ल्याइसकेको यस कम्पनीले दरबारमार्गमा भने अन्य भन्दा विशेष प्रकारको थिमका साथ आजबाट ‘द ब्ल्याक गोल्ड’ सञ्चालनमा ल्याएको हो ।

पूर्ण रुपमा अरेबिक थिममा खुलेको यस रेष्टुरेन्टमा ईण्डीयन र मुगलाई वेष्टका हलाल (जबा) गरिएको मासुबाट बन्ने परिकारहरु पाइन्छन् । नेपाली रेष्टुरेन्ट क्षेत्रमा अरेबिक थिमको हलाल परिकार मात्र पाइने यो पहिलो रेष्टुरेन्ट समेत बनेको छ ।

त्यस्तै, रेष्टुरेन्टमा विगत १३ वर्षदेखि भारतमा कार्यरत अनुभवि सेफहरु रहेको कम्पनीले जनाएको छ । करिब २००० स्क्वाएर फुटमा निर्माण गरिएको यस रेष्टुरेन्टमा झण्डै १६ जनाले रोजगारिको अवसर समेत पाएका छन् । कम्पनीका अनुसार अन्य दुई ब्रान्च समेत गरेर हाल ६० जना भन्दा बढीले प्रोस्टेजीयो रेष्टुरेन्टमा रोजगारिको अवसर पाएका छन् ।

रेष्टुरेन्टका सीइओ पुरुषोत्तम दास श्रेष्ठले अरेबिक थिम मात्र प्रयोगमा ल्याइएको नभई ‘द ब्ल्याक गोल्ड’ मा मुस्लिम मूल्य मान्यतालाई समेत आत्मसाथ गरिएको बताए ।“रेष्टुरेन्टमा प्रयोग हुने मासु सबै इस्लामिक रित अनुसार (जबा) गरिएको हुन्छ,” उनले भने “यतिमात्र नभएर हामीले यसको मूल्य मान्यतालाई पनि आत्मसाथ गर्दै अल्कोहल र पोर्क पूर्ण रुपमा निषेध गरेका छौ ।”

विगत २५ वर्ष अरेबियन राष्ट्रमा कार्यरत श्रेष्ठले ग्राहकलाई फरक स्वाद दिन र नेपालमै रोजगारीको अवसर समेत सिर्जना गर्नका लागि फरक थिमका साथ सो रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार हाल रेष्टुरेन्टमा विभिन्न देशबाट ल्याइएका ५० प्रकारका मरमसला प्रयोग गर्ने गरिएको छ ।

यो रेष्टुरेन्ट फरक शैलीमा खोलिए पनि यहाँको मूल्य भने नेपाली बजार अनुसार नै तोकिएको छ । एकपटकमा करिब ५० जना अट्न सक्ने क्षमता भएको यस रेष्टुरेन्टमा ग्राहकले अरेबियन थिममा फोटोसुट समेत गर्न सक्छन् ।

Published Date: 11 February 2023


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी