कराते प्रतियोगितामा बन्यो पुलिस टिम च्याम्पियन

कराते प्रतियोगितामा बन्यो पुलिस टिम च्याम्पियन : Icon Khabar

काठमाडौँ, माघ २८ । नेपाल पुलिस क्लब दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । पुलिस सर्वाधिक १० स्वर्ण, २ रजत र ३ कास्य गरि १५ पदक जित्दै टिम च्याम्पियन बनेको हो । पहिलो संस्करणमा पनि पुलिस नै टिम च्याम्पियन बनेको थियो ।

प्रतियोगिताको शीर्ष ३ भित्र विभागिय टोली रहेका छन् । ६ स्वर्ण, ३ रजत र ५ कास्य गरि १४ पदकका साथ नेपाल एपिएफ क्लब दोस्रो र १ स्वर्ण ५ रजत र ७ कास्य गरि १३ पदकका साथ आर्मी तेस्रो भएको छ । अन्य ७ प्रदेश भने स्वर्ण पदक जित्न असफल भएका छन् ।

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा शनिबार सम्पन्न प्रतियोगितामा बागमती प्रदेश २ रजत र ५ कास्य पदकका साथ चौथो भएको छ । गण्डकी प्रदेशले समान २ रजत र २ कास्य पदक जित्दा लुम्बिनीले १ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । सुुदूरपश्चिमले १ रजत र १ कास्य जित्दा, कर्णाली प्रदेशले १ रजत, प्रदेश १ ले ६ कास्य पदक र मधेश प्रदेशले २ कास्य पदक जितेको छ ।

प्रतियोगिताको अन्तिम दिन शनिबार ५ इभेन्टको फाइनल भएको थियो । जसमा पुलिसले २ तथा एपिएफले ३ स्वर्ण पदक जितेको थियो ।

तीन वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका पुलिसकी सुनिता महर्जन (६८ केजी मुनी) को तौल समूहमा र नविन रसाइलीले ६७ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । बागमती प्रदेशकी विनिता श्रेष्ठलाईले हराउँदै सुनिताले स्वर्ण पदक जितेकी हुन् । एपिएफकी डाएना ओझा र मधेश प्रदेशकी मोनिका मगरले कास्य पदक जिते ।

पुरुष ६७ केजीको फाइनलमा आर्मीका सन्नी चौलागाईले हराउँदै नविनले स्वर्ण पदक जितेका हुन् । बागमतीका निमा शेर्पा र एपिएफका प्रतिक घर्तीमगर कास्य पदक जिते ।

एपिएफकी मनिष चौधरीले ५५ केजी, मोहमद शेखु आलमले ८४ केजी मुनि र सुुवाश घतानीले ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । लुम्बनी प्रदेशकी बर्षा बुढा मगरलाई हराउँदै मनिषाले स्वर्ण पदक जितेकी हुन् । आर्मीकी सारदा सुनार र प्रदेश १ कि विद्याकला राईले कास्य पदक जिते ।

८४ केजी मुनिको तौल समूहमा गण्डकी प्रदेशका विशाल थापा मगरलाई हराउँदै मोहमद शेखुले स्वर्ण पदक जितेका हुन् । पुलिसका स्वीकार राई र आर्मीका निकेश मानन्धरले कास्य पदक जिते । ७५ केजी तौल समूहमा गण्डकी प्रदेशका सजोल बुढाथोकीलाई हराउँदै सुवाशले स्वर्ण पदक जितेका हुन् । प्रदेश १ का रुरिहाङ धामी र पुलिसका आकाश मण्डलले कास्य पदक जिते ।

प्रतियोगितामा महिलातर्फ एपिएफ मनिषा चौधरी र पुलिसतर्फ पुलिसका विप्लवलाल श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।

गोदावरी नगरपालिकाको आयोजनामा भएको कृष्णप्रसाद भट्टराई खेलकुद महोत्सव अन्तर्गत दोस्रो कृष्णप्रसाद भट्टराई स्मृती कराते प्रतियोगिता नेपाल कराते महासंघको प्रमुख डोजो ललितपुरले सञ्चालन गरेको थियो । तीन दिन सम्म सन्चालन भएको प्रतियोगितामा ७ प्रदेश , ३ विभागका खेलाडीले १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जन, गोदवरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 February 2023
Website | + posts