कराते प्रतियोगितामा बन्यो पुलिस टिम च्याम्पियन

कराते प्रतियोगितामा बन्यो पुलिस टिम च्याम्पियन : Icon Khabar

काठमाडौँ, माघ २८ । नेपाल पुलिस क्लब दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । पुलिस सर्वाधिक १० स्वर्ण, २ रजत र ३ कास्य गरि १५ पदक जित्दै टिम च्याम्पियन बनेको हो । पहिलो संस्करणमा पनि पुलिस नै टिम च्याम्पियन बनेको थियो ।

प्रतियोगिताको शीर्ष ३ भित्र विभागिय टोली रहेका छन् । ६ स्वर्ण, ३ रजत र ५ कास्य गरि १४ पदकका साथ नेपाल एपिएफ क्लब दोस्रो र १ स्वर्ण ५ रजत र ७ कास्य गरि १३ पदकका साथ आर्मी तेस्रो भएको छ । अन्य ७ प्रदेश भने स्वर्ण पदक जित्न असफल भएका छन् ।

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा शनिबार सम्पन्न प्रतियोगितामा बागमती प्रदेश २ रजत र ५ कास्य पदकका साथ चौथो भएको छ । गण्डकी प्रदेशले समान २ रजत र २ कास्य पदक जित्दा लुम्बिनीले १ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । सुुदूरपश्चिमले १ रजत र १ कास्य जित्दा, कर्णाली प्रदेशले १ रजत, प्रदेश १ ले ६ कास्य पदक र मधेश प्रदेशले २ कास्य पदक जितेको छ ।

प्रतियोगिताको अन्तिम दिन शनिबार ५ इभेन्टको फाइनल भएको थियो । जसमा पुलिसले २ तथा एपिएफले ३ स्वर्ण पदक जितेको थियो ।

तीन वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका पुलिसकी सुनिता महर्जन (६८ केजी मुनी) को तौल समूहमा र नविन रसाइलीले ६७ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । बागमती प्रदेशकी विनिता श्रेष्ठलाईले हराउँदै सुनिताले स्वर्ण पदक जितेकी हुन् । एपिएफकी डाएना ओझा र मधेश प्रदेशकी मोनिका मगरले कास्य पदक जिते ।

पुरुष ६७ केजीको फाइनलमा आर्मीका सन्नी चौलागाईले हराउँदै नविनले स्वर्ण पदक जितेका हुन् । बागमतीका निमा शेर्पा र एपिएफका प्रतिक घर्तीमगर कास्य पदक जिते ।

एपिएफकी मनिष चौधरीले ५५ केजी, मोहमद शेखु आलमले ८४ केजी मुनि र सुुवाश घतानीले ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । लुम्बनी प्रदेशकी बर्षा बुढा मगरलाई हराउँदै मनिषाले स्वर्ण पदक जितेकी हुन् । आर्मीकी सारदा सुनार र प्रदेश १ कि विद्याकला राईले कास्य पदक जिते ।

८४ केजी मुनिको तौल समूहमा गण्डकी प्रदेशका विशाल थापा मगरलाई हराउँदै मोहमद शेखुले स्वर्ण पदक जितेका हुन् । पुलिसका स्वीकार राई र आर्मीका निकेश मानन्धरले कास्य पदक जिते । ७५ केजी तौल समूहमा गण्डकी प्रदेशका सजोल बुढाथोकीलाई हराउँदै सुवाशले स्वर्ण पदक जितेका हुन् । प्रदेश १ का रुरिहाङ धामी र पुलिसका आकाश मण्डलले कास्य पदक जिते ।

प्रतियोगितामा महिलातर्फ एपिएफ मनिषा चौधरी र पुलिसतर्फ पुलिसका विप्लवलाल श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।

गोदावरी नगरपालिकाको आयोजनामा भएको कृष्णप्रसाद भट्टराई खेलकुद महोत्सव अन्तर्गत दोस्रो कृष्णप्रसाद भट्टराई स्मृती कराते प्रतियोगिता नेपाल कराते महासंघको प्रमुख डोजो ललितपुरले सञ्चालन गरेको थियो । तीन दिन सम्म सन्चालन भएको प्रतियोगितामा ७ प्रदेश , ३ विभागका खेलाडीले १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जन, गोदवरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।

Published Date: 11 February 2023


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी