सौर्यमण्डलका प्रमुख ग्रहहरू एक साथ खाली आँखाले अवलोकन गर्न सकिने

सौर्यमण्डलका प्रमुख ग्रहहरू एक साथ खाली आँखाले अवलोकन गर्न सकिने : Icon Khabar

काठमाडौं, माघ १३ । सौर्यमण्डलका प्रमुख ग्रहहरू एक साथ खाली आँखाले अवलोकन गर्न सकिने भएको छ । चारवटा चम्किला ग्रह बुध, शुक्र, मङ्गल, वृहस्पति तथा शनिग्रहहरू तथा दुईवटा मधुरा ग्रहहरू अरूण र वरूण एक साथ आकाशको एउटै भागबाट अवलोकन गर्न सकिने भएको हो ।

वि.पि. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुरका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले गोरखापत्र अनलाइनलाई दिएको जानकारी अनुसार यी ग्रहहरु खाली आँखाले पनि देख्न सकिने छ ।

उनले भने, ‘‘सुरक्षाकर्मीहरू कवाज खेल्न पङ्तिबद्ध भएजस्तै माघ महिनाभरि हाम्रो सौर्यमण्डलका महत्वपूर्ण ग्रहहरू पङ्तिबद्ध भएर आकाशमा नृत्य गरिरहेको स्पष्ट रूपमा खाली आँखाले देख्न सकिन्छ । उत्तरी गोलाद्र्धबाट प्रत्यक्षरूपमा अवलोकन गर्न सकिने यस रोचक घटनालाई नेपालबाट पनि अवलोकन गर्न सकिने छ ।’’

माघ दोस्रो हप्तादेखि चौथो हप्ताको समयमा हाम्रो आकाशमा शनि, शक्रु, वृहस्पति र मङ्गल ग्रहहरूलाई लामबद्ध भएर एउटै पङ्तिमा आकाशमा नृत्य गरिरहेको प्रतीत हुन्छ । चारवटा चम्किला ग्रह (सूर्यको प्रकाशको परिवर्तनले गर्दा) बुध, शुक्र, मङ्गल, वृहस्पति तथा शनिग्रहहरू तथा दुईवटा मधुरा ग्रहहरू अरूण र वरूण एक साथ आकाशको एउटै भागबाट अवलोकन गर्न सकिन्छ ।

यस अवधिमा चन्द्रमा मध्य रात्रिमा उदाउनुका साथै यो अर्ध चन्द्राकार हुनाले सूर्य अस्ताउने बित्तिकै सफा आकाशमा सहजरूपमा दक्षिण पश्चिम दिशादेखि उत्तर पूर्व दिशामा देख्न सकिन्छ । मौसम अनुकूल रहेमा हल्का फिक्का रूपमा रहेका अरुण र वरुण ग्रहलाई पनि टेलिस्कोप र बाइनाकुलरको सहायताले अवलोकन गर्न सकिने छ । यी ग्रहहरू पङ्तिबद्ध रहे पनि यिनीहरूको चित्र एकैसाथ लिन कठिन रहनेछ ।

काठमाडौंबाट अवलोकन गर्दा प्रकाश प्रदूषण न्यून भएको स्थानबाट सूर्यास्तपश्चात् यी ग्रहहरूलाई खाली आँखाले अवलोकन गर्न सकिनेछ ।

– गोरखापत्रबाट साभार

Published Date: 26 January 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी