२४ घण्टाको अवधिमा १५ जिल्लामा आगलागीका घटना

२४ घण्टाको अवधिमा १५ जिल्लामा आगलागीका घटना : Icon Khabar

काठमाडौं, माघ १३ । हिउँद सुक्खा हुँदा आगलागीका घटना बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार २४ घण्टाको अवधिमा १५ जिल्लामा आगलागीका घटना भएका छन् । तीन जिल्लामा डढेलो लागेको रेकर्ड छ ।

सोलुखुम्बु, भोजपुर र काभ्रेमा डढेलो लागेको छ । काभ्रेको बेथानचोक गाउँपालिका ३ को नाराणस्थान सामुदायिक वन र जनजागृती सामुदायिक वन तथा वडा नम्बर ५ को चिसापानी सामुदायिक वनमा लागेको डढेलो फैलिँदै गएको छ । खानीखोलातर्फको डढेलो भने हेलिकोप्टरको सहायतामा नियन्त्रणमा आएको थियो ।

भोजपुर नगरपालिका ३ को भालुखोप सामुदायिक वनमा लोको आगो भने निभाउने प्रयास भइरहेको छ ।

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका ४ को सुर्केस्थित एक निजी जंगलमा लागेको आगो भने नगर प्रहरी, विमानस्थल सुरक्षा गार्ड फाप्लु र स्थानीय मिलेर निभाएका छन् ।

विपद् प्राधिकरणको रेकर्ड अनुसार बाजुरा, सल्यान, दैलेख, पाल्पा, रुपन्देही, बाग्लुङ, काभ्रे, मकवानपुर, पर्सा, धनुषा, सिरहा, सुनसरी, सोलुखुम्बु, तेह्रथुम र मोरङमा आगलागीका घटना भएका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

डढेलो खासगरी गर्मी र सुख्खा समयमा बढी लाग्ने गर्दछ । मंसिरदेखि मध्य जेठ महिनासम्मको समयावधि सुख्खायामको रूपमा चिनिन्छ । डढेलो मंसिरदेखि प्रारम्भिक रूपमा सुरु हुन्छ र वैशाख महिनाको मध्यतिर चरम हुन्छ । साथै मनसुन सुरु भएपछि कम हुन्छ ।

डढेलो विज्ञ तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माका अनुसार, ७४ प्रतिशत डढेलो मध्य फागुनदेखि मध्य वैशाखको बीचमा लाग्छ । यस्तै ५१ प्रतिशत डढेलो चैतदेखि मध्य वैशाखको बीचमा लाग्ने गर्छ ।

लामो समय पानी नपर्दा सुक्खा हुने र असावधानीका कारण आगलागीका घटना बढी हुने गरेको पाइएको छ । नेपालमा वार्षिक सरदर ३ हजार ९८ वटा डढेलोका घटना हुने र त्यसबाट १ लाख ७२ हजार ४० हेक्टर जंगल मासिने गरेको अनुमान छ । तर आगलागी नियन्त्रणमा सरकारको कदम प्रभावकारी देखिएको छैन ।

यस वर्ष हिउँद सुक्खा हुने प्रिमनसुन सिजनमा गर्मी हुने पूर्वानुमान भएकाले यस वर्ष पनि डढेलो र आगलागीका घटना बढ्नसक्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 January 2025
Website | + posts
ताजा
सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक
स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम दिन नसकको अवस्थामा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा
टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध