अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि : Icon Khabar

काठमाडौँ, माघ १३ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा ब्रेन्ट क्रुडको मूल्य ०.२७ प्रतिशतले बढ्दै प्रतिब्यारेल ७८.५० डलर पुगेको छ ।

यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि ०.०५ प्रतिशतले बढेर प्रतिब्यारेल ७४.६६ डलर पुगेको छ ।

यद्यपी साप्ताहिक रुपमा भने कच्चा तेलको मूल्य घटेको छ । गत एक साताको अवधिमा ब्रेन्ट क्रुडको मूल्य २.८ प्रतिशत र डब्लूटीआईको मूल्य ४.१ प्रतिशतले घटेको छ । गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी तेल धनाढ्यहरुलाई कमजोर पार्न र युक्रेनमा युद्ध अन्त्य गर्न तेल निर्यातकर्ता देशहरुलाई तेलको मूल्य घटाउन भनेका थिए ।

तेलका मुख्य उत्पादक रुस र इरानमाथि प्रतिबन्धको धम्किले इन्धनको मूल्य कम गर्ने ट्रम्पको लक्ष्यलाई सहयोग पुग्न सक्ने विश्लेषकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 January 2025
Website | + posts






ताजा
१२ कक्षाको नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
भक्तपुरमा गाईजात्राका लागि तोकिएको समयभित्र तारहरु नहटाएमा नगरपालिका स्वयंले हटाउने
नेपालबाट सिमेन्टको निर्यात लगातार तेस्रो वर्ष पनि बढ्यो
सोमबार नेप्से परिसूचक ८.६२ अंकले बढ्यो




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण