अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि : Icon Khabar

काठमाडौँ, माघ १३ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा ब्रेन्ट क्रुडको मूल्य ०.२७ प्रतिशतले बढ्दै प्रतिब्यारेल ७८.५० डलर पुगेको छ ।

यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि ०.०५ प्रतिशतले बढेर प्रतिब्यारेल ७४.६६ डलर पुगेको छ ।

यद्यपी साप्ताहिक रुपमा भने कच्चा तेलको मूल्य घटेको छ । गत एक साताको अवधिमा ब्रेन्ट क्रुडको मूल्य २.८ प्रतिशत र डब्लूटीआईको मूल्य ४.१ प्रतिशतले घटेको छ । गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी तेल धनाढ्यहरुलाई कमजोर पार्न र युक्रेनमा युद्ध अन्त्य गर्न तेल निर्यातकर्ता देशहरुलाई तेलको मूल्य घटाउन भनेका थिए ।

तेलका मुख्य उत्पादक रुस र इरानमाथि प्रतिबन्धको धम्किले इन्धनको मूल्य कम गर्ने ट्रम्पको लक्ष्यलाई सहयोग पुग्न सक्ने विश्लेषकहरुले बताएका छन् ।

Published Date: 26 January 2025


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु