प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग चेल्सीको हार

प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग चेल्सीको हार : Icon Khabar

काठमाडौँ, माघ १३ ।  साविक विजेता म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिगमा शनिवार सहज जित हासिल गरेको छ ।

चेल्सीलाई ३-१ ले हराउँदै सिटी अंक तालिकाको चौथो स्थानमा उक्लेको छ। घरेलु मैदानमा सिटीलाई पुनरागमन जित दिलाउन जोस्को ग्यार्डिओल, एर्लिङ हालान्ड र फिल फोडेनले गोल गरे । चेल्सीका नोनी मडोकीले गोल गरे ।

सुरुवाती अग्रता चेल्सीले लिएको थियो । मडोकीले तेस्रो मिनेटमा नै गोल गरे । सिटीका लागि खेलको ४२औं मिनेटमा ग्यार्डिओलले बराबरी गोल फर्काए । पहिलो हाफ १-१ को बराबरीमा सकियो ।

खेलको ६८औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए । खेलको ८७औं मिनेटमा गोल गर्दै फोडेनले गोल गरे पछि सिटीको जित निश्चित बन्यो ।

जितसँगै २३ खेलमा सिटीको ४१ अंक पुगेको छ । १ खेल कम खेलेको लिभरपुल ५३ अंकका साथ शीर्ष स्थानमा छ । चेल्सी २३ खेलमा ४० अंकका साथ छैटौं स्थानमा छ ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 January 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने