प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग चेल्सीको हार

प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग चेल्सीको हार : Icon Khabar

काठमाडौँ, माघ १३ ।  साविक विजेता म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिगमा शनिवार सहज जित हासिल गरेको छ ।

चेल्सीलाई ३-१ ले हराउँदै सिटी अंक तालिकाको चौथो स्थानमा उक्लेको छ। घरेलु मैदानमा सिटीलाई पुनरागमन जित दिलाउन जोस्को ग्यार्डिओल, एर्लिङ हालान्ड र फिल फोडेनले गोल गरे । चेल्सीका नोनी मडोकीले गोल गरे ।

सुरुवाती अग्रता चेल्सीले लिएको थियो । मडोकीले तेस्रो मिनेटमा नै गोल गरे । सिटीका लागि खेलको ४२औं मिनेटमा ग्यार्डिओलले बराबरी गोल फर्काए । पहिलो हाफ १-१ को बराबरीमा सकियो ।

खेलको ६८औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए । खेलको ८७औं मिनेटमा गोल गर्दै फोडेनले गोल गरे पछि सिटीको जित निश्चित बन्यो ।

जितसँगै २३ खेलमा सिटीको ४१ अंक पुगेको छ । १ खेल कम खेलेको लिभरपुल ५३ अंकका साथ शीर्ष स्थानमा छ । चेल्सी २३ खेलमा ४० अंकका साथ छैटौं स्थानमा छ ।–एजेन्सी

Published Date: 26 January 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु