पाकिस्तानले एआई प्रविधिमा युवालाई प्रशिक्षित गर्ने

पाकिस्तानले एआई प्रविधिमा युवालाई प्रशिक्षित गर्ने : Icon Khabar

इस्लामाबाद, माघ ११ । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले आफ्नो देशले युवालाई विकसित प्राविधिक परिदृश्यमा फस्टाउनका लागि शिक्षाको परिवर्तनकारी शक्तिलाई मान्यता दिएको बताएका छन्।

“प्रविधिको द्रुत विकासमा नेभिगेट गर्न व्यक्ति र समुदायलाई सशक्त बनाउन शिक्षाले खेल्ने भूमिका गहिरो छ । कृत्रिम बुद्धिमत्ता (एआई) मा भएको प्रगतिले हाम्रो साझा मानवतालाई परिपूरक बनाउने कुरा सुनिश्चित गर्न आवश्यक छ,” सरिफले अन्तर्राष्ट्रिय दिवसको अवसरमा बताए ।

प्रधानमन्त्रीले भने“एआई–संचालित प्रणालीहरू बढ्दो रूपमा मानिसहरूको जीवनमा एकीकृत भइरहेकाले मानव हस्तक्षेप र मेशिन–संचालित कार्यहरू बीचको सीमाहरू धमिलो भइरहेको छ, जसले अवसर र चुनौती दुवै प्रस्तुत गर्दछ ।”

“देशले प्राविधिक परिवर्तनहरूसँग अनुकूलन गर्न उपकरणहरूसँग सुसज्जित गर्ने लक्ष्य राखेको छ । हामीले हाम्रा शैक्षिक संस्थाहरूलाई प्राविधिक प्रगतिहरू अँगाल्न तयार गर्न महत्त्वपूर्ण कदमहरू चालेका छौं र धेरै पहलहरू सुरु गरेका छौं ,” उनले बताए।

उनले भने, “बच्चाहरूलाई आवश्यक सीपहरू तयार गर्नको लागि देशभरका स्कूलहरू नवीनतम प्रविधिहरूले सुसज्जित छन् ।” रासस, सिन्ह्वा

Published Date: 26 January 2025


ताजा
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न