पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको नाफामा गिरावट

पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको नाफामा गिरावट : Icon Khabar

काठमाडौं, माघ ७ । पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा ४.६२ प्रतिशतले घटेको हो । २०८० को पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यसले ३ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ । ग्लोबल आइएमईले ३ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ । नेपाल इनभेष्टमेन्ट मेगा, एभरेष्ट र एनएमबि बैंकले २ अर्ब भन्दा धेरै नाफा कमाएका छन् । १ वर्षको अवधिमा ११ बैंकको नाफा बढेको छ भने ९ बैंकको घटेको छ ।

खराब कर्जा अनुपात बढ्दा बैंकहरुको नाफा सामान्य प्रभावित भएको हो । खराब कर्जाबापतको रकम प्रोभिजन गर्नुपर्ने भएकाले नाफामा यसले असर पार्छ । यद्यपि, बैंकहरुको खराब कर्जा समग्रमा भने यसअघि अनुमान गरिएभन्दा निकै कम देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 January 2025
Website | + posts




ताजा
देशका सबै संघीय अस्पतालमा भुक्तानी अनलाइन तथा क्युआर मार्फत गर्न निर्देशन
बाराहीस्थानबाट वंशगोपालसम्म र रामन्दिरदेखि तालाक्व हुँदै बोलाछेँ सम्मको सडक ‘वान वे’ गर्ने तयारी
सूचना तथा प्रसारण विभागद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित
मनसूनमा यी पाँच फलफूलको सेवनले स्वास्थ्यमा समस्या निम्त्यान सक्छ




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण