पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको नाफामा गिरावट

पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको नाफामा गिरावट : Icon Khabar

काठमाडौं, माघ ७ । पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा ४.६२ प्रतिशतले घटेको हो । २०८० को पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यसले ३ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ । ग्लोबल आइएमईले ३ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ । नेपाल इनभेष्टमेन्ट मेगा, एभरेष्ट र एनएमबि बैंकले २ अर्ब भन्दा धेरै नाफा कमाएका छन् । १ वर्षको अवधिमा ११ बैंकको नाफा बढेको छ भने ९ बैंकको घटेको छ ।

खराब कर्जा अनुपात बढ्दा बैंकहरुको नाफा सामान्य प्रभावित भएको हो । खराब कर्जाबापतको रकम प्रोभिजन गर्नुपर्ने भएकाले नाफामा यसले असर पार्छ । यद्यपि, बैंकहरुको खराब कर्जा समग्रमा भने यसअघि अनुमान गरिएभन्दा निकै कम देखिएको छ ।

Published Date: 20 January 2025


ताजा
डब्लुडब्लुईई हल अफ फेमर तात्सुमी फुजिनामी ‘पीडब्लुएक्सएम : रेसल क्यासल’का लागि नेपाल आउँदै
नेसनल प्याब्सन भक्तपुरद्वारा शिक्षक अभिमुखीकरण सम्पन्न
बर्डफ्लुको जोखिममा कुखुराको मासु र अण्डा खान मिल्छ?
आज सुनको भाउ ४ हजार ७ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी