खो खो विश्वकप आजदेखि भारतमा सुरु, उद्घाटन खेलमा नेपाल र भारत भिड्दै

खो खो विश्वकप आजदेखि भारतमा सुरु, उद्घाटन खेलमा नेपाल र भारत भिड्दै : Icon Khabar

काठमाडौं, पुस २९ । खो खो विश्वकप आजदेखि भारतमा सुरु हुँदैछ । खो खो खेलको इतिहासमा पहिलो पटक विश्वकप हुन लागेको हो र यसमा पुरुष र महिला दुवैको विश्वकप एकसाथ हुँदैछ ।

दक्षिण एसियामा धेरै चर्चित रहेको खो खो विश्वकपमा विश्वभरका कूल २३ देशको सहभागिता छ । जसमा २० पुरुष टिम र १९ महिला टिमले प्रतिस्पर्धा गर्नेछन् ।

खो खो विश्वकप अन्तर्गत आज पुरुषतर्फको उद्घाटन खेल हुनेछ । जसमा आयोजक राष्ट्र भारत र नेपालबीच प्रतिस्पर्धा हुनेछ । खेल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा नेपाली समय अनुसार राती ८:४५ बजे सुरु हुनेछ । पहिलो दिन उद्घाटन खेल मात्र हुनेछ ।

Published Date: 13 January 2025


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता