खो खो विश्वकप आजदेखि भारतमा सुरु, उद्घाटन खेलमा नेपाल र भारत भिड्दै

खो खो विश्वकप आजदेखि भारतमा सुरु, उद्घाटन खेलमा नेपाल र भारत भिड्दै : Icon Khabar

काठमाडौं, पुस २९ । खो खो विश्वकप आजदेखि भारतमा सुरु हुँदैछ । खो खो खेलको इतिहासमा पहिलो पटक विश्वकप हुन लागेको हो र यसमा पुरुष र महिला दुवैको विश्वकप एकसाथ हुँदैछ ।

दक्षिण एसियामा धेरै चर्चित रहेको खो खो विश्वकपमा विश्वभरका कूल २३ देशको सहभागिता छ । जसमा २० पुरुष टिम र १९ महिला टिमले प्रतिस्पर्धा गर्नेछन् ।

खो खो विश्वकप अन्तर्गत आज पुरुषतर्फको उद्घाटन खेल हुनेछ । जसमा आयोजक राष्ट्र भारत र नेपालबीच प्रतिस्पर्धा हुनेछ । खेल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा नेपाली समय अनुसार राती ८:४५ बजे सुरु हुनेछ । पहिलो दिन उद्घाटन खेल मात्र हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 January 2025
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता