अमेरिकाको लज एन्जलसको क्षेत्रमा निःशुल्क स्याटलाइट इन्टरनेट उपलब्ध गराउने मस्कको घोषणा

अमेरिकाको लज एन्जलसको क्षेत्रमा निःशुल्क स्याटलाइट इन्टरनेट उपलब्ध गराउने मस्कको घोषणा : Icon Khabar

काठमाडौं, पुस २८ । अर्बपति उद्यमी एलन मस्कले आगलागीबाट प्रभावित अमेरिकाको लज एन्जलसको क्षेत्रमा निःशुल्क स्याटलाइट इन्टरनेट उपलब्ध गराउने घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जाल एक्स मार्फत मस्कले निःशुल्क स्याटलाइट इन्टरनेट उपलब्ध गराउने घोषणा गरेका हुन् ।

मस्कको निर्देशनपछि शुक्रबार बिहानदेखि आगलागीबाट प्रभावित क्षेत्रमा निःशुल्क स्याटलाइट इन्टरनेट सेवा उपलब्ध भइसकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

“टेलिभिजन क्रूहरूले लस एन्जलसमा लागेको डढेलोको प्रत्यक्ष प्रसारण गर्न स्पेसएक्सको स्टारलिङ्क प्रयोग गर्दैछन्,” पत्रकार स्वेर मेरिटले लेखेका छन्, “हामीलाई तपाईंले अहिले देख्न सक्नुको एकमात्र कारण स्टारलिङ्क हो । यो पूरै क्षेत्रमा कुनै पनि मोबाइल सिग्नल छैन ।”

सोही पोस्टलाई रिपोस्ट गर्दै मस्कले शुक्रबार बिहान लस एन्जलसका प्रभावित क्षेत्रमा निःशुल्क स्टारलिङ्क टर्मिनल उपलब्ध गराउने जानकारी दिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अहिलेसम्म डढेलोमा परि पाँच जनाले ज्यान गुमाइसकेका छन् भने १० हजार बढी मानिसहरू विस्थापित भएका छन् । डढेलो तीव्र गतिमा फैलिरहेकाले दमकलकर्मीलाई पनि आगो निभाउन सकस परेको छ । डढेलोमा परी हालसम्म १५०० भन्दा बढी भवनहरू जलेका छन् । ग्राउम्यानको चाइनिज थिएटर र वाक अफ फेम जस्ता ऐतिहासिक स्थल भएको हलिउड हिल्स क्षेत्र पनि उत्तिकै प्रभावित भएको छ ।

मस्कको यस पहलले सङ्कटको समयमा स्थानीय बासिन्दा र आपतकालीन उद्धारकर्मीलाई भरपर्दो इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउने बताइएको छ । क्यालिफोर्नियाको डढेलोको प्रत्यक्ष प्रसारण गर्नका लागि सञ्चार माध्यमले स्टारलिङ्कको स्याटेलाइट इन्टरनेट प्रयोग गरेको देखिएपछि मस्कले आपतकालीन अवस्थामा निःशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।

Published Date: 12 January 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै