आज साँझ काठमाडौँमा खण्डित वर्षा हुने पूर्वानुमान

आज साँझ काठमाडौँमा खण्डित वर्षा हुने पूर्वानुमान : Icon Khabar

काठमाडौँ, पुस २८ । शनिबारको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम हल्का घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ।

शनिबार न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको थियो। आइतबारदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव काठमाडौंमा पनि हल्का पर्ने मौसमविद् बिनु महर्जनले जानकारी दिइन्।

त्यसको प्रभावले दिउँसो काठमाडौंमा हल्का बादल लाग्ने पूर्वानुमान छ। त्यसले अधिकतम तापक्रम केही घट्ने मौसमविद् महर्जनले बताइन्।
आइतबार काठमाडौंको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।

काठमाडौंमा साँझ खण्डित वर्षा हुने पूर्वानुमान पनि छ। ‘माथिल्लो भूभागमा साँझ खण्डित वर्षा हुने सम्भावना छ। वर्षा छिटपुट हुने देखिन्छ,’ मौसमविद् महर्जनले भनिन्।

Published Date: 12 January 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु