आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो : Icon Khabar

काठमाडौं, पुस २३ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ वृद्धि भएको छ।

अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ७८ पैसा, बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ आठ पैसा र बिक्रीदर ८६ रुपैयाँ नौ पैसा, क्यानेडियन डलर एकको खरिदद र ९५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९६ रुपैयाँ नौ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ५४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ ५० पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ नौ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५५ रुपैयाँ ९२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ४८ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

Published Date: 07 January 2025
ताजा
“दैनिक भक्तपुर अपडेट” सुरु हुँदै: प्रत्येक दिन बेलुकी ९ बजे समाचार संक्षेप सार्वजनिक गरिने
सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
पहाडी र हिमाली भू-भागमा मेघगर्जसहित वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता