सोमबार नेप्से परिसूचक ४९.१२ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक ४९.१२ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, पुस २२ । सोमबार नेप्से परिसूचक ४९.१२ विन्दुले बढेर २६४०.६८ अंकमा आएको छ ।

आज ६ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् । हाइड्रोपावर तथा इन्भेष्टमेन्ट समूहका सूचकहरु सबैभन्दा धेरै बढेका छन् । वाणिज्य बैंक समूहमा पनि १.०९ प्रतिशतको वृद्धि देखिएको छ ।

आज ३१२ कम्पनीको १ करोड ५४ लाख ६० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २९ करोडभन्दा बढीसहित एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी कारोबार रकममा अग्रस्थानमा छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः साहस ऊर्जा र पिपुल्स हाइड्रोपावर परेका छन् ।

Published Date: 06 January 2025


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता