भारतमा पनि २ जनामा एचएमपीभी भाइरस पुष्टि

भारतमा पनि २ जनामा एचएमपीभी भाइरस पुष्टि : Icon Khabar

काठमाडौं, पुस २२ । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसीएमआर)ले सोमबार कर्नाटकमा २ वटा ह्युमन मेटाप्निमोभाइरस (एचएमपीभी)का केसहरु पत्ता लागेको पुष्टि गरेको छ । यी केसहरु आइसीएमआरद्वारा विभिन्न श्वासप्रश्वास भाइरसहरुको नियमित निगरानी मार्फत पत्ता लागेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

बेंगलुरुको बाप्तिस्ट अस्पतालमा भर्ना भएकी ३ महिनाकी बालिकालाई एचएमपीभी भएको पुष्टि भएको हो । उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी, ८ महिनाको बालक जसलाई ब्रोंकोप्नेमोनिया भएको इतिहास थियो, उनलाई पनि एचएमपीभी पोजिटिभ भएको पुष्टि भएको छ । भारतको युनियन स्वास्थ्य मन्त्रालयले ती दुवै बिरामीहरुको अन्तर्राष्ट्रिय यात्राको कुनै इतिहास नभएको जनाएको छ ।

केही दिनअघि चीनले ह्युमन मेटाप्निमोभाइरस (एचएमपीभी) को प्रकोप सामना गरिरहेको समाचार सार्वजनिक भएसँगै भारतमा पनि यसको संक्रमण पुष्टि भएको छ ।

Published Date: 06 January 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै