लोकेश्वर साकोसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

लोकेश्वर साकोसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, पुस २० । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २० औं स्थापना दिवसको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजन जतिले संस्थाले स्थापनाकाल देखि नै बचत र ऋण कारोबारका साथ साथै समुदायमा आधारित रहि विभिन्न गतिविधि गर्दै आएको बताए। संस्थाको स्थापना दिवसको अवसर पारेर विगतका वर्षहरुदेखि निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम तथा तालिमहरु संचालन गर्दै आएको बताए।

उनले गैह्र समुदायमा आधारित सहकारीको नाफामुखी तथा लुटतन्त्रले अहिले जनताको पैसा सुरक्षित नभएको सहकारी चिनेर मात्र आफ्नो बचत जम्मा गर्न सम्पूर्ण जनसमुदायमा अनुरोध गरे।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३७ जना रक्तदाताले रक्तदान गरेको जानकारी आयोजक स्वास्थ्य उपसमितिका संयोजक प्रज्वल खत्रीले बताए।

संस्थाको २०औं बार्षिक उत्सव कार्यक्रमकै अवसरमा यहि पुस २६ र २७ गते भक्तपुर नगरस्तरीय “अन्तर सहकारी/विद्यालय/कलेज टिम/क्लब टेबल टेनिस प्रतियोगिता हुने जानकारी संस्थाका प्रबन्धक प्रशान्त मानन्धरले दिए।

Published Date: 05 January 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी