आइतबार सुन प्रतितोला १५ सय रुपैयाँले घट्यो

आइतबार सुन प्रतितोला १५ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, पुस २१ । लगातार ३ दिन बढेको सुनको भाउ आज भने घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । यसअघि बुधबार, बिहीबार र शुक्रबार सुनको भाउ क्रमशः प्रतितोला १४ सय, ५०० र २ हजार रुपैयाँले बढेको थियो ।

यसअघि, शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ५०० रुपैयाँ कायम रहेको थियो । यता, आज चाँदीको भाउ भन् स्थिर रहेको छ । आइतबार चाँदी तोलाको १८ सय १० रुपैयाँ कायम भएको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा किनेबेच भएको थियो ।

Published Date: 05 January 2025


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग