अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो : Icon Khabar

काठमाडौँ, पुस २१ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा डब्लूटीआई क्रुडको मूल्य १.१३ प्रतिशतले बढेर प्रतिब्यारेल ७३.९६ डलर कायम भएको छ ।

यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि ०.७६ प्रतिशतले बढेर प्रतिब्यारेल ७६.५१ डलर कायम भएको छ । अमेरिका र युरोपमा चिसो बढेसँगै र चीनमा आर्थिक क्रियाकलपा बढाउन थालिएको अतिरिक्त प्रयासका कारण तेलको मूल्यमा वृद्धि आएको हो ।

चीनले आर्थिक गतिविधिलाई बढावा दिन सरकारी कर्मचारीको तलब बढाउने निर्णय गरेको छ । यस्तै चीनले ठूलो मात्रामा ट्रेजरी बोन्ड समेत जारी गर्ने घोषणा गरेको छ ।

Published Date: 05 January 2025


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग