भक्तपुरमा कर योजना तालिम सम्पन्न, सहकारीमा अध्यादेशले थप समस्या सिर्जना गर्न सक्ने

भक्तपुरमा कर योजना तालिम सम्पन्न, सहकारीमा अध्यादेशले थप समस्या सिर्जना गर्न सक्ने : Icon Khabar

भक्तपुर, पुस २० । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिको आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको प्राविधिक साझेदारीमा कर योजना तालिम सम्पन्न भयो ।

संघका उपाध्यक्ष हरि कृष्ण बल्लले संस्थाका कर्मचारीहरु सदैब नयाँ ज्ञान सिप सिक्नका लागि जागरुक हुनुपर्ने बताए । उनले संस्थाले तिर्नुपर्ने कर दायित्व समयमा दाखिला गरी दण्ड जरीवनाबाट बचाउने दायित्व कर्मचारीको भएकोले तालिमले दायित्व निभाउन टेवा पुर्याउने बताए।

हाल जारी अध्यादेशले कार्यक्षेत्रको आधारमा व्यक्तिगत बचतका सिमा तोक्नुले सहकारीमा बचत फिर्ताको चाप बढ्न गई सहकारीमा थप समस्या सिर्जना हुने देखिएकोले तत्काल संशोधन गर्नुपर्ने बताए।

संघका संचालक इन्द्रप्रसाद व्यान्जुले संस्थाले तिनुपर्ने कर तथा अन्य विवरणहरु समयमा दाखिला गरी दण्ड जरिवानाबाट बच्न कर्मचारीहरुलाई कर सम्बन्धी ज्ञान हुनु आवश्यक रहेको बताए । उनले सिकेका ज्ञान सिप कार्यरत संस्थामा प्रयोग गरी दक्षता हासिल गर्नुपर्ने विचार राखे।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले कर सम्बन्धी तालिम लिएर मात्र हुदैन । कर प्राविधिक विषय भएकोले यसको निरन्तर प्रयोग र सिकाई गर्नुपर्ने विचार राखे । उनले हाल जारी भएको अध्यादेशका बारेमा संघमा आबद्ध सदस्य संस्थाहरुसंग छलफल गर्न २०८१ पुस २५ गते अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको बताए।

लेखापरिक्षक प्रद्युमन घिमिरेले करको विषय सिक्न लेखाको ज्ञान हुनुपर्ने बताए । तालिममा सिकेका कुराहरुको अभ्यास नगरिकन सिक्न नसक्ने भएकोले निरन्तर अभ्यास गर्नुपर्ने उनको भनाइ थियो । उनले कर दाखिला, अग्रिम कर दाखिला, इ टिडिस र इ फाइलिङ्गको प्रयोगात्मक सिकाई समेत गराएका थिए।

तालिममा सहभागीहरुले सहकारीले दाखिला गर्नुपर्ने कर, राजश्व शिर्षक, दाखिला गर्ने तरिका, इटि डिस, इफाइलिङ्ग, अनुमानित करदाखिला लगाएतका विषयमा प्रयोगात्मक सिकाई भएकोले खुशी व्यक्त गर्नुभयो । तालिममा संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा लेखासम्बन्धीत कर्मचारीहरु २५ जनाको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमको संचालन संघका कर्मचारी रोकेश जोशीले गरेका थिए।

Published Date: 04 January 2025


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता