प्रधानमन्त्री ओली र श्रीलंकका पूर्व राष्ट्रपति सिंघेबीच भेटवार्ता

प्रधानमन्त्री ओली र श्रीलंकका पूर्व राष्ट्रपति सिंघेबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, पुस १८ । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकका पूर्व राष्ट्रपति रनिल विक्रमासिंघेबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत सहभागी रहेका थिए ।

विक्रमासिंघे प्रधानमन्त्री ओलीका एक पुराना मित्र हुन् । यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलंकाका पूर्व प्रधानमन्त्रीसमेत रहेका विक्रमासिंघे आज स्वदेश फर्कँदै छन् ।

Published Date: 02 January 2025


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता