बुधबार नेप्से परिसूचक ५.१० अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ५.१० अंकले बढ्यो : Icon Khabar

काठमाडौं, पुस १७ । बुधबार नेप्से परिसूचक ५.१० विन्दुले बढेर २५८१.६० अंकमा आएको छ ।

आज ३ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ८ वटा समूहका सूचक बढेका छन् । फाइनान्स समूह सबैभन्दा बढी बढेको छ । सूचक सामान्य बढ्दा कारोबार रकम भने खुम्चिएको छ ।

आज ३०५ कम्पनीको ९४ लाख ३४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २१ लाख ८२ हजार रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र त्रिशुली जलविद्युत कम्पनी परेका छन् ।

Published Date: 01 January 2025


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता