चालु आर्थिक वर्षको ६ महिनामा वित्तीय प्रणालीको तरलता स्थितिमा सामान्य सुधार: राष्ट्र बैंक

चालु आर्थिक वर्षको ६ महिनामा वित्तीय प्रणालीको तरलता स्थितिमा सामान्य सुधार: राष्ट्र बैंक : Icon Khabar

काठमाडौँ, माघ २७ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०२२/२३ को मौद्रिक नीति को अर्धबार्षिक समीक्षा मार्फत अघिल्लो आर्थिक वर्षकोपहिलो ६ महिनाकोतुलनामा चालु आर्थिक वर्षको ६ महिनामा वित्तीय प्रणालीको तरलता स्थितिमा सामान्य सुधार भएको जनाएको छ।

आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रयमाससम्ममा खुला बजार कारोबारमार्फत रु.४०१ अर्ब ९४ करोड तरलता प्रवाह गरिएको छ । यसैगरी, यस अवधिमा बैंक तथा वित्तीय संस्थालेस्थायी तरलता सुविधामार्फत पटक पटक गरी रु.२६९२ अर्ब ८३ करोड रकम यस बैंकबाट उपयोग गरेका छन्। गत वर्षको यसै अवधिमा खुला बजार कारोबारमार्फत रु.३५१ अर्ब ७ करोड खुद तरलता प्रवाह भएको थियो भने बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत पटक पटक गरी रु.३०१५ अर्ब ८९ करोड बराबरको रकम उपयोग गरेका थिए ।

राष्ट्र बैंक अनुसार २०७९ पुस १ देखि ओभरनाइट तरलता सुविधा प्रयोगमा आएको छ । चालु आर्थिक वर्षको पुस महिनामा बैंक तथा वित्तीय संस्थाबाट रु.३५ अर्ब ४८ करोड बराबरको दैनिक तरलता सुविधा र रु.१२ अर्ब ८१ करोड बराबरको ओभरनाइट तरलता सुविधा उपयोग भएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रयमाससम्ममा विप्रेषण आप्रवाहमा भएको सुधार तथा आयातमा आएको कमीका कारण विदेशी विनिमय बजारमा विदेशी मुद्राको खरिद गरी रु.३५८ अर्ब ९० करोड बराबरको तरलता प्रवाह भएको छ । गत वर्षको यसै अवधिमा विदेशी मुद्राको खरिदमार्फत रु.८० अर्ब २६ करोड खुद तरलता प्रवाह भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 February 2023
Website | + posts
ताजा
मौसम पूर्वानुमान : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता