चालु आर्थिक वर्षको ६ महिनामा वित्तीय प्रणालीको तरलता स्थितिमा सामान्य सुधार: राष्ट्र बैंक

चालु आर्थिक वर्षको ६ महिनामा वित्तीय प्रणालीको तरलता स्थितिमा सामान्य सुधार: राष्ट्र बैंक : Icon Khabar

काठमाडौँ, माघ २७ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०२२/२३ को मौद्रिक नीति को अर्धबार्षिक समीक्षा मार्फत अघिल्लो आर्थिक वर्षकोपहिलो ६ महिनाकोतुलनामा चालु आर्थिक वर्षको ६ महिनामा वित्तीय प्रणालीको तरलता स्थितिमा सामान्य सुधार भएको जनाएको छ।

आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रयमाससम्ममा खुला बजार कारोबारमार्फत रु.४०१ अर्ब ९४ करोड तरलता प्रवाह गरिएको छ । यसैगरी, यस अवधिमा बैंक तथा वित्तीय संस्थालेस्थायी तरलता सुविधामार्फत पटक पटक गरी रु.२६९२ अर्ब ८३ करोड रकम यस बैंकबाट उपयोग गरेका छन्। गत वर्षको यसै अवधिमा खुला बजार कारोबारमार्फत रु.३५१ अर्ब ७ करोड खुद तरलता प्रवाह भएको थियो भने बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत पटक पटक गरी रु.३०१५ अर्ब ८९ करोड बराबरको रकम उपयोग गरेका थिए ।

राष्ट्र बैंक अनुसार २०७९ पुस १ देखि ओभरनाइट तरलता सुविधा प्रयोगमा आएको छ । चालु आर्थिक वर्षको पुस महिनामा बैंक तथा वित्तीय संस्थाबाट रु.३५ अर्ब ४८ करोड बराबरको दैनिक तरलता सुविधा र रु.१२ अर्ब ८१ करोड बराबरको ओभरनाइट तरलता सुविधा उपयोग भएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रयमाससम्ममा विप्रेषण आप्रवाहमा भएको सुधार तथा आयातमा आएको कमीका कारण विदेशी विनिमय बजारमा विदेशी मुद्राको खरिद गरी रु.३५८ अर्ब ९० करोड बराबरको तरलता प्रवाह भएको छ । गत वर्षको यसै अवधिमा विदेशी मुद्राको खरिदमार्फत रु.८० अर्ब २६ करोड खुद तरलता प्रवाह भएको थियो ।

Published Date: 10 February 2023
ताजा
देशभर मनसुनी वायुको प्रभाव: ६ प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय