काठमाडौंको कोटेश्वरबाट पेस्तोलसहित एकजना युवक पक्राउ

काठमाडौंको कोटेश्वरबाट पेस्तोलसहित एकजना युवक पक्राउ : Icon Khabar

काठमाडौं, पुस १४ । काठमाडौंको कोटेश्वरबाट पेस्तोलसहित एकजना युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३२ स्थित होटल विश्पुलबाट कोटेश्वर नरेफाट घर भएका ३३ वर्षीय सनराइज खड्का पक्राउ परेका हुन् ।

उक्त बसेको कोठा नम्बर ४०१ बाट १ थान ९ एमएमको पेस्तल, पेस्तोलमा लाग्ने एक थान म्याग्जिन र ९ राउन्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान ११ बजेको समयमा कोटेश्वर क्षेत्रमा हतियारको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालयको इन्टेलिजेन्स शाखाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 December 2024
Website | + posts




ताजा
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने