काठमाडौंको कोटेश्वरबाट पेस्तोलसहित एकजना युवक पक्राउ

काठमाडौंको कोटेश्वरबाट पेस्तोलसहित एकजना युवक पक्राउ : Icon Khabar

काठमाडौं, पुस १४ । काठमाडौंको कोटेश्वरबाट पेस्तोलसहित एकजना युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३२ स्थित होटल विश्पुलबाट कोटेश्वर नरेफाट घर भएका ३३ वर्षीय सनराइज खड्का पक्राउ परेका हुन् ।

उक्त बसेको कोठा नम्बर ४०१ बाट १ थान ९ एमएमको पेस्तल, पेस्तोलमा लाग्ने एक थान म्याग्जिन र ९ राउन्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान ११ बजेको समयमा कोटेश्वर क्षेत्रमा हतियारको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालयको इन्टेलिजेन्स शाखाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published Date: 29 December 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर