शुक्रबार बेलुकादेखि पानी पर्न सक्ने सम्भावना

शुक्रबार बेलुकादेखि पानी पर्न सक्ने सम्भावना : Icon Khabar

काठमाडौं, पुस १० । आज बिहान देशभर देखिएको बादल अपराह्नदेखि हटेर मौसम घमाइलो हुने मौसमविदले बताएका छन् । तर शुक्रबार बेलुका फेरि अर्को पश्चिमी वायुको प्रभावले बदली र वर्षा हुने सम्भावना छ ।

यो प्रणालीले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा बढी वर्षा गराउने पूर्वानुमान छ । शनिबार पनि देशैभर पूर्णतया बदली हुने र काठमाडौंसहित केही भागमा हल्का वर्षाको सम्भावना छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मंगलबार काठमाडौं उपत्यकासहित केही स्थानमा फाटफुट वर्षा भएको थियो । उच्च पहाडी र हिमाली भेगमा भने हिमपात भएको थियो ।

मंगलबारको तुलनामा आज मौसम सफा रहने मौसमविद डा. विनोद पोखरेलले बताए । ‘आज बिहानपख काठमाडौं उपत्यकाका लागेको आंशिक बादल केही घण्टापछि हट्ने छ र अपराह्नदेखि घमाइलो मौसम रहने छ,’ उनले भने ।

तर शुक्रबार बेलुका फेरि पश्चिमी वायुको प्रभावले बदली र वर्षा हुने उनले बताए । ‘यो प्रणालीले पश्चिम नेपालमा राम्रै वर्षा हुने देखिन्छ,’ पोखरेलले भनेका छन् ।

जलवायुविद डा. धर्मराज उप्रेती पनि अघिल्ला दिनको तुलनामा अलि बलियो पश्चिमी वायु प्रणाली नेपाल भित्रिन लागेको बताउँछन् । त्यसको प्रभावले शुक्रबार रातिदेखि आइतबारसम्म हिमपात र वर्षा गराउने सम्भावना रहेको उनले बताए । उनले भने, ‘पहिलेको तुलनामा अलि बलियो प्रणाली भित्रिँदै छ । त्यसले काठमाडौं उपत्यका आसपासमै हिउँ पार्नसक्छ ।’

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा पनि बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जनाएको छ ।

विभागले बिहीबार बिहान पनि तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । यसबाट जाडो महसुस हुने हुँदा स्वास्थ्य, यातायात, नागरिक उड्डयन क्षेत्रमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

Published Date: 25 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता