ह्वावे बन्यो विश्वकै नम्बर वान स्मार्टवाच ब्रान्ड

ह्वावे बन्यो विश्वकै नम्बर वान स्मार्टवाच ब्रान्ड : Icon Khabar

काठमाडौं, पुस ७ । चिनियाँ प्रविधि कम्पनी ह्वावेले एप्पललाई पछि पार्दै विश्वकै नम्बर एक स्मार्टवाच ब्रान्डको उपाधि जितेको छ । ​इन्टरनेसनल डेटा कर्पोरेसन (आईडीसी)को पछिल्लो रिपोर्ट अनुसार सन् २०२४ को पहिलो नौ महिनामा स्मार्टवाच शिपमेन्टमा ह्वावे शीर्ष ब्राण्ड बनेको हो ।

स्मार्टवाच र फिटनेस ब्यान्डको माग विश्वभर घटेपनि चीनमा २० प्रतिशतले शिपमेन्ट बढेको रिपोर्टमा उल्लेख छ । बजारमा ह्वावेका जीटी फाइभ र जीटी फाइभ प्रो जस्ता स्मार्टवाचको माग बढ्दो छ ।

अमेरिका, भारतजस्ता ठूला बजारमा ह्वावेको प्रभाव कम हुँदै गएपनि एसिया-प्यासिफिक, ल्याटिन अमेरिका र मध्यपूर्वमा कम्पनीको उपस्थिति मजबुत बनेको छ ।

Published Date: 22 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता