रविको भनेर एउटा फोटो भाइरल भएपछी अनुअन्धान्मा जुट्यो प्रहरी

रविको भनेर एउटा फोटो भाइरल भएपछी अनुअन्धान्मा जुट्यो प्रहरी : Icon Khabar

काठमाडौं, पुस ४ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतभित्र सुतिरहेका व्यक्ति रास्वपा सभापति रवि लामिछानेको भनेर एउटा फोटो सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।

एउटा फोटोमा टोपी लगाएका व्यक्ति सिरक ओढेर सुतिरहेको र छेउँको टेबुलमा किताबहरु देखिन्छ । अर्को एउटा फोटोमा भने छेउँको टेबुल नै देखिँदैन ।

रास्वपाका कार्यकर्ताहले यो फोटो कास्की हिरासत भित्रको र रविकै हो भनेर जिकिर गर्दै सामाजिक सन्जालमा सेयर गरिरहेका छन् । कतिपयले भने यो ‘फेक’ हो भनेर कमेन्ट गरेको देखिन्छ ।

हामीले यसबारे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी बसन्त कुमार शर्मालाई सोध्यौं । उनी यस विषयमा धेरै बोल्न मानेनन् । उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘हामी त्यो फोटोको विषयमा अनुसन्धान गरिरहेका छौं ।’

जिल्ला प्रशासन कार्यालय कास्कीका अर्का एक अधिकारीले पनि त्यो फोटोको वास्तविकताबारे अनुसन्धान जारी रहेको बताएका छन् । ‘यस सम्बन्धमा जिम्मेवार अधिकारीलाई बुझ्न र वास्तविकता पत्ता लगाउन भनिएको छ,’ नाम उल्लेख नगर्ने सर्तमा जिल्ला प्रशासन कार्यालयका ती अधिकारीले भने ।

उनका अनुसार त्यो फोटो रवि लामिछानेकै हो कि होइन भन्ने पुष्टि हुन बाँकी छ र त्यसको अनुसन्धान सुरु गरिएको छ ।

तर रास्वपाका एक कार्यकर्ता डा. निकोलस भुसालले यो फोटो आफूले खिचेको र वास्तविक भएको दाबी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘यो फोटो रियल हो मैले नै खिचेको हो ।’ यसबारे वास्तविकता सार्वजनिक गर्ने पनि बताएका छन् ।

रविका सहयोगी एवम् रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो रविकै भएको बताएका छन् । उनले ‘सामाजिक सन्जालमा कतै पाएर’ त्यो फोटो आफूले फेसबुकमा पोष्ट गरेको बताएका छन् । सीसीटीभीको फुटेजबाट प्रहरीले नै स्क्रिनसट गरेर फोटो निकालेको आरोप उनको छ । उनको प्रश्न छ, ‘रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ?’

कानुनी रुपमा दण्डनीय

कानुनका जानकारहरुका अनुसार यसरी कसैको फोटो खिच्न र सार्वजनिक गर्न पाइँदैन । अधिवक्ता विनोदमणि भट्टराई भन्छन्, ‘कसैको फोटो अनुमति विना खिच्नु, तोडमोड गर्नु र सार्वजनिक गर्नु दण्डनीय छ । मुलुकी संहितामै यो व्यवस्था छ । न्यायिक हिरासतमा राखेको व्यक्तिको पनि फोटो भिडियो सार्वजनिक गर्न पाइँदैन ।’

जिल्ला प्रशासन कार्यालय कास्कीका एक अधिकारीले पनि यो फोटोका सन्दर्भमा साइबर क्राइम लगायतका कानुनी व्यवस्था आकर्षित हुनसक्ने बताए ।

‘यो फोटो कहाँको हो, कसको हो, कसले खिच्यो, कसरी खिच्यो भन्ने कुरा अहिलेसम्म अनुसन्धानकै क्रममा छ । यदि फोटोमा देखिएको व्यक्ति नेपाली नै हो, नेपालकै हो भने साइबर क्राइम आकर्षित हुन्छ’ ती अधिकारीले भने, ‘त्यसका लागि आवश्यक अनुसन्धान र कारबाही गर्न भनिसकिएको छ ।’ श्रोत: अनलाइन खबर

Published Date: 19 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु