भक्तपुर महोत्सवको अवसरमा गोल्मढी यातामा सहकारी गतिविधि र प्रदर्शनी

भक्तपुर महोत्सवको अवसरमा गोल्मढी यातामा सहकारी गतिविधि र प्रदर्शनी : Icon Khabar
तस्बिर: सिद्धि गणेश साकोस

भक्तपुर, मंसिर ३० । – रामेश्वर मचामसी, भक्तपुर नगरपालिकाको आयोजनामा गत मंसिर २८ गतेदेखि पुस २ गतेसम्म आयोजाना भइरहेको भक्तपुर महोत्सव २०८१ अन्तर्गतको सहकारी गतिविधि तथा प्रदर्शनी गोल्मढी यातामा पनि सुरु भएको छ ।

गोल्मढी, यातामा भइरहेको सहकारी गतिविधि तथा प्रदर्शनीमा भक्तपुर नगरभित्रका विभिन्न सहकारीहरुको सह‌भागिता रहेको छ । ती सहकारीहरुले आफ्ना सदस्यहरुलाई विभिन्न समयमा दिएका विविध तालिमबाट उत्पादन गरिएका उत्पादनहरु डल्ला साबुन, झोल साबुन, पुतली, कपडाका विभिन्न सामग्रीहरु, परालबाट बनाइएका सजावटका सामानहरू, दही, अमिलोलगायत प्रदर्शनमा राखिएका छन् ।

सहकारीले ती सामग्रीहरु प्रदर्शनमात्र होइन बिक्रि पनि गरिएको पाइन्छ । साथै सहकारीको प्रदर्शन स्थलमा अवलोकनकर्ताहरुको लागि केही सहकारीले फुडस्टल पनि राखेका छन् । स्टलमा विभिन्न नेवारी खाजाहरु चटामारी, समेबजी, योमरी, बारा लगायत खानेकुराहरु राखेका छन् । भक्तपुर महोत्सवको सहकारी गतिविधि तथा प्रदर्शनी स्थलको सिद्धि गणेश साकोसका प्रदर्शनकर्ता कृष्णलक्ष्मी लाखाजूले भक्तपुर नगरपालिकाले होरै वर्षपछि आयोजना गरेको भक्तपुर महोत्सव प्रशंसनीय भएको बताइन् ।

उनले कला, संस्कृति र सम्पदाको जगेर्ना गर्न निरन्तर प्रयास गरेको र भक्तपुर महोत्सवमार्फत त्यसलाई अझ प्रचारप्रसार गर्न खोज्नु आफैमा उत्साहजनक भएको बताइन्।

त्यस्तै प्रदर्शनी स्थलका अर्का प्रदर्शन‌कर्ता कुसुम लाखाले आफैले बुनेको ढाकाको खास्तो प्रदर्शनमा राखेर बिक्रि‌वितरण पनि गर्न पाउनु र त्यस्तो अवसर दिएकोमा भक्तपुर नगरपालिकालाई धन्यवाद दिईन्।

भक्तपुर ब्यासी निवासी अनिता खागीले परम्परागत सिपलाई सदुपयोग गरेर परालबाट बनाएका विभिन्न प्रकारका सजावटका सामग्री प्रदर्शनमा राखेकी छिन्। उनले धेरै वर्ष अगाडि भएको भक्तपुर महोत्सबको अलिअलि मात्र सम्झना भएको सुनाउनुहुँदै अहिले भइरहेको भक्तपुर महोत्सवमा आफू प्रत्यक्ष सहभागी हुन पाएकोमा भाग्यमानी ठानेकी बताइन्।

सहकारी गतिविधि तथा प्रदर्शन भइरहेको गोल्मढी यातास्थित न्हाँद पु:खु (पोखरी)मा माछा मार्ने मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालनमा रहेको छ । माछा मार्ने (फिसिङ्ग) मा सहभागीले आफूले बल्छी राखेर मारेको माछा आफैले किन्नुपर्ने नियम बनाएको छ ।

माछा मार्दै रमाइलो गरिरहेका गोल्मढी निवासी विकेश कवांले माछा मार्ने (फिसिङ्ग) का अनुसार भक्तपुर नगरपालिकाले हरेक वर्ष भक्तपुर महोत्सव गर्न नसकेपनि हप्ताको एक दिन नाइट फेस्टिबल गर्ने कार्यलाई अगाडि बढाउन सल्लाह दिन्छन्।

प्रदर्शनी स्थलका अवलोकनकर्ता पूर्व शिक्षक तुल्सीराम ग्वाछाले आजसम्म सबै स्थल घुम्न नभ्याएको र महोत्सव अवधिसम्ममा सबै ठाउँ घुम्ने बताए।

भक्तपुर नगरपालिकाले सहकारीका सदस्यहरुको घरेलु उत्पादनलाई प्रदर्शन गर्ने र विक्रि गर्ने अवसर दिनु प्रशंसनीय भएको उनी बताउँछन् । सहकारी गतिविधि र प्रदर्शनी अवलोकन गर्न आउने आगन्तुकहरुलाई खाजा खाने स्टल राख्नदिनु धेरै राम्रो भएको बताए।

सांस्कृतिक गतिविधिमा रुचि राख्ने स्थानीय नारायणप्रसाद मचामसी मंसिर २९ गते भएको बाँसुरी बाजा प्रतियोगितामा सहभागी भई सहकारी प्रदर्शनी र गतिविधि अवलोकन गर्दै गर्दाको प्रतिक्रियामा धेरै वर्षअघिको भक्तपुर महोत्सवको बेला आफू बच्चा नै भएकोले थोरै मात्र सम्झना भएको तर अहिलेको महोत्सवमा आफू प्रत्यक्ष सहभागी हुन् पाएको र प्रतियोगितामा पनि सहभागी हुन पाएकोमा खुसी लागेको बताए र भक्तपुर नगरपालिकाले यस्ता कला, संस्कृति र सम्पदाको प्रचारात्मक गतिविधि निरन्तर गर्नुपर्ने बताए।

त्यस्तै भक्तपर महोत्सवअन्तर्गत पर्ने भक्तपुर नगरपालिका वडा नं. ७ स्थित महेश्वरी खेल मैदान पाँचाख्यमा भैरहेको व्यापार मेलाले परि गुरुपुर महोत्सवलाई थप आकर्षण गरेको देखिन्छ । व्यापार मेलामा थुप्रै व्यापारीहरूले विभिन्न प्रकारका सामानहरु राख्नुका साथै बाल उद्यान र फूडस्टलहरू पनि राखेको छ ।
विशेषत: बालबालिकाह‌को लागि मनोरञ्ज‌नात्मक खेलहरू राखेको छ। मेला हेर्न मंसिर २९ गते शनिबारका दिन करिब ४ हजार जना अवलोकनकर्ता आएको व्यापार मेलाको व्यवस्थापन गरिरहेको भक्तपुर युवा टीमका अध्यक्ष केशब त्वानाबासुले बताउनुभयो ।

अवलोकनकर्ताको सुरक्षा तथा व्यवस्थापनको लागि प्रहरी तथा स्वयंसेवकहरूले सहयोग गरेको र व्यवस्थित पार्किङको व्यवस्था रहेको छ । मेलालाई थप आकर्षण बढाउनका लागि साङ्‌गीतिक कार्यक्रम पनि रहेको छ । सांगीतिक कार्यक्रममा स्थानीय तथा देशका विभिन्न लोकप्रिय कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गर्नेछ । सांगीतिक कार्यक्रम बेलुकी ८:०० बजेसम्म हुनेछ ।

मेलामा घुम्न आउनुहुने सोनाम तामाङले भकपुर नगरपालिकाले आयोजना गरेको महोत्सव रमाइलो निकै आकर्षकका साथै भक्तपुरलाई थप नजिकबाट चिन्ने अवसर पाएको बताउनुभयो । यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

त्यस्तै मेलामा आफ्ना छोरीलाई घुमाउन ल्याउनुभएका भक्तपुर ठिमी निवासी हरिप्रसाद प्रजापतिले मेलामा भएको बाल उद्यानले आफ्नो छोरीले धेरै मनोरञ्जन लिएको र रमाइलो लिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 December 2024
Website | + posts