प्रधानमन्त्री ओली चीनबाट काठमाडौं अवतरण हुँदा विमानस्थल आधा घण्टा बन्द

प्रधानमन्त्री ओली चीनबाट काठमाडौं अवतरण हुँदा विमानस्थल आधा घण्टा बन्द : Icon Khabar

काठमाडौं, मंसिर ३० । प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट काठमाडौं अवतरण हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द भएको छ ।

यही मंसिर १७ गते चीन भ्रमण गएका प्रधानमन्त्री ओली आज काठमाडौं फर्किनेबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएको हो । यसअघि चीन भ्रमण जाँदा पनि आधा घण्टा विमानस्थल बन्द गरिएको थियो ।

प्रधानमन्त्री चढेको विमान अवतरण हुनुअघि २५ मिनेट र अवतरण भएपछि ५ मिनेट गरी आधा घण्टा विमानस्थलमा अन्य जहाजका उडान-अवतरण रोकिएको हो ।

राष्ट्र प्रमुख वा सरकार प्रमुखको औपचारिक विदेश भ्रमणको उडान हुने बेला सुरक्षाका दृष्टिकोणले विमानस्थलमा अन्य उडान वा अवतरण गर्न नदिइने अन्तर्राष्ट्रिय अभ्यास छ ।

Published Date: 05 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता