प्रधानमन्त्री ओली चीनबाट काठमाडौं अवतरण हुँदा विमानस्थल आधा घण्टा बन्द

प्रधानमन्त्री ओली चीनबाट काठमाडौं अवतरण हुँदा विमानस्थल आधा घण्टा बन्द : Icon Khabar

काठमाडौं, मंसिर ३० । प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट काठमाडौं अवतरण हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द भएको छ ।

यही मंसिर १७ गते चीन भ्रमण गएका प्रधानमन्त्री ओली आज काठमाडौं फर्किनेबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएको हो । यसअघि चीन भ्रमण जाँदा पनि आधा घण्टा विमानस्थल बन्द गरिएको थियो ।

प्रधानमन्त्री चढेको विमान अवतरण हुनुअघि २५ मिनेट र अवतरण भएपछि ५ मिनेट गरी आधा घण्टा विमानस्थलमा अन्य जहाजका उडान-अवतरण रोकिएको हो ।

राष्ट्र प्रमुख वा सरकार प्रमुखको औपचारिक विदेश भ्रमणको उडान हुने बेला सुरक्षाका दृष्टिकोणले विमानस्थलमा अन्य उडान वा अवतरण गर्न नदिइने अन्तर्राष्ट्रिय अभ्यास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 December 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने