चीनको १,००० किमि प्रति घण्टाको गतिमा गुड्ने रेलमा फाइभजी चल्ने

चीनको १,००० किमि प्रति घण्टाको गतिमा गुड्ने रेलमा फाइभजी चल्ने : Icon Khabar

काठमाडौं, मंसिर १८ । चीनमा विकास भइरहेको नयाँ पुस्ताको तीव्र गतिको ट्रेनले यात्रुहरूलाई १,००० किमि प्रति घण्टाको गतिमा यात्रा गर्दा अल्ट्रा-हाई-डेफिनेसन भिडिओ हेर्न र अनलाइन गेमिङको आनन्द लिन सक्ने सुविधा प्रदान गर्न सक्ने भएको छ ।

अझै विकासकै क्रममा रहेको यो ट्रेनले चुम्बकीय उत्तोलन प्रयोग गरेर नियर-भ्याकुम ट्युब मार्फत व्यावसायिक विमानको तुलनामा छिटो गतिको यात्रा गर्नेछ ।

३५० किमि प्रति घण्टाको स्पिडमा चल्ने हालका तीव्र गतिका चिनियाँ रेलहरू भित्र टेलिकम अपरेटरहरूले प्रदान गर्ने फाइजी सेवामा चलिरहेको हुन्छ । लामो सुरुङभित्र पनि उक्त सेवा निरन्तर प्राप्त गर्न सकिने भएकाले यात्रुहरूले सहज रूपमा इन्टरनेटको प्रयोग गर्न सक्छन् ।
तर, लगभग ध्वनिकै जत्तिको गतिमा यात्रा गर्दा मोबाइल फोन र बेस स्टेसनबिच उच्च गतिको सञ्चार कायम राख्नु भने निकै ठुलो चुनौतीको कुरा हो । किन भने मोबाइल फोन तीव्र गतिमा बेस स्टेसनतर्फ नजिकिँदा वा टाढिँदा त्यसले प्राप्त गर्ने सिग्नलको फ्रिक्वेन्सी परिवर्तन हुन्छ । उच्च गतिको डेटा सञ्चारका लागि स्थिर तथा उच्च फ्रिक्वेन्सीको सिग्नल आवश्यक पर्छ, जुन यस्तो अवस्थामा चुनौतीपूर्ण हुन्छ ।

नियर-भ्याकुम ट्युबभित्र बेस स्टेसन जडान र मर्मत सम्भार गर्न पनि कठिनाइ हुन्छ । यदि कम्पनका कारण एन्टेना खसेमा तीव्र गतिमा यात्रा गरिरहेको ट्रेनलाई गम्भीर खतरा पुग्न सक्छ ।

तर, साउथइस्ट युनिभर्सिटीमा रहेको नेसनल की ल्याबरेटोरी अफ मोबाइल कम्युनिकेसन्सका प्राध्यापक सोङ टाइचङको नेतृत्वमा रहेको अनुसन्धान टोलीले यस समस्याको समाधान निकालेको छ । जसअनुसार ट्युबको भित्री पर्खालमा दुई ओटा समानान्तर केबुल बिछ्याउँदा सो समस्याको हल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 December 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू