यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान

यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान : Icon Khabar

काठमाडौँ, मंसिर १८ । नेपालमा जाडो मौसम सुरु भएको छ । यो वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरिएको छ ।

जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने भनेर विश्लेषण आफूहरूले गरिरहेको जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण शाखाका प्रवक्ता विभूति पोखरेलले बताइन् । उनले मौसम केही सुख्खा रहने देखिएको रातोपाटीलाई बताइन् ।

सुख्खा हुने भन्नुको अर्थ औसतभन्दा केही बढी नै तापक्रम रहनु भनेर उनले प्रस्ट पारिन् । ‘अनुमान लगभग गरिसकेको छौँ, तर सार्वजनिक पछि गर्छौँ, प्रादेशिक तथ्याङ्कहरू सङ्कलन गर्दैछौँ,’ उनले भनिन्, ‘यो वर्ष तापक्रम पहिलेभन्दा बढी रहने नै देखिन्छ । मौसम सुख्खा रहने भएकाले तापक्रम बढ्ने नै अनुमान लगाउन सकिन्छ । हामीले विस्तृतरुपमा केही समयपछि सार्वजनिक गर्छौँ ।

तापक्रम बढी रहने भए पनि चिसो नै नहुने भन्ने चाहिँ नहुने प्रवक्ता पोखरेलको भनाई छ । ‘तर अत्यधिक चिसो हुँदैन,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 December 2024
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित