काठमाडौं विश्वका बढी वायु प्रदूषित सहरमध्ये पाँचौं स्थानमा

काठमाडौं विश्वका बढी वायु प्रदूषित सहरमध्ये पाँचौं स्थानमा : Icon Khabar

काठमाडौं, मंसिर १७ । काठमाडौं सहर विश्वका बढी वायु प्रदूषित सहरमध्ये पाँचौं स्थानमा परेको छ । सोमबार बिहान १०ः०७ बजे काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १७८ पुगेको छ । आज सबैभन्दा धेरै पकिस्तानको लाहोर सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ ।

लाहोरको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ३०४ पुगेको छ । दोस्रो नम्बरमा भारतको दिल्ली छ । यहाँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २५० पुगेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ ।

त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ । वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले सजग रहन विज्ञहरुले आग्रह गर्ने गरेका छन् ।

Published Date: 02 December 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर