काठमाडौं विश्वका बढी वायु प्रदूषित सहरमध्ये पाँचौं स्थानमा

काठमाडौं विश्वका बढी वायु प्रदूषित सहरमध्ये पाँचौं स्थानमा : Icon Khabar

काठमाडौं, मंसिर १७ । काठमाडौं सहर विश्वका बढी वायु प्रदूषित सहरमध्ये पाँचौं स्थानमा परेको छ । सोमबार बिहान १०ः०७ बजे काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १७८ पुगेको छ । आज सबैभन्दा धेरै पकिस्तानको लाहोर सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ ।

लाहोरको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ३०४ पुगेको छ । दोस्रो नम्बरमा भारतको दिल्ली छ । यहाँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २५० पुगेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ ।

त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ । वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले सजग रहन विज्ञहरुले आग्रह गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 December 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने