टिकट काटेर धरहरा चढ्नेको सङ्ख्या ६ हजार नाघ्यो

टिकट काटेर धरहरा चढ्नेको सङ्ख्या ६ हजार नाघ्यो : Icon Khabar

काठमाडौँ, मंसिर १७ । स–शुल्क टिकट काटेर धरहरा चढ्नेको सङ्ख्या ६ हजार नाघेको छ । एक साताको अवधिमा ६ हजार ९२८ जनाले स–शुल्क टिकट लिएर धरहरा चढेको धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महेश राईले जानकारी दिए ।

हाल दैनिक औसत १२०० जनाको सङ्ख्यामा स–शुल्क टिकट लिएर धरहरा चढ्ने गरेको राईको भनाई छ ।

सरकारले मङ्सिर १० गतेदेखि स–शुल्क धरहरा सञ्चालनमा ल्याएको छ । दैनिक एक हजार २५० को सङ्ख्यामा चढ्न पाउने व्यवस्था गरेको छ ।

हाललाई अनलाइन टिकट काट्ने व्यवस्था बन्द रहेकाले भौतिक रूपमा उपस्थित भई टिकट लिएर धरहरा चढ्ने व्यवस्था छ । केही दिनमा अनलाइन टिकटको व्यवस्था सञ्चालनमा ल्याउने राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 December 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने