सोमबार नेप्से परिसूचक १९.९७ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक १९.९७ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, मंसिर १७ । सोमबार नेप्से परिसूचक १९.९७ विन्दुले बढेर २७५८.०४ अंकमा आएको छ ।

आज १० अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ९ वटा समूहको सूचक सकारात्मक भएका छन् । ट्रेडिङ र होटल तथा पर्यटन समूहमा उच्च वृद्धि देखिएको छ ।

आज ३ सय १४ कम्पनीको २ करोड ३० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५९ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र जानकी फाइनान्स रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 December 2024
Website | + posts