सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान सुरू

सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान सुरू : Icon Khabar

काठमाडौँ, मंसिर १३ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरू भएको छ।

शुक्रबार बिहान १० बजेदेखि लामिछानेसँग बयान सुरू भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद सञ्जेलले जानकारी दिए। कार्यालयमा न्यायाधीवक्ता खडेन्द्रराज कटुवाल र अनुसन्धान अधिकृतहरूले लामिछानेसँग बयान लिइरहेका छन्।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि लामिछानेलाई बिहीबार बेलुका काठमाडौं ल्याइएको थियो।

उनीमाथि पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो।

Published Date: 29 November 2024


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली