‘पुष्पा’ का अभिनेता श्रीतेजमाथि शारीरिक तथा आर्थिक शोषण गरेको आरोप

‘पुष्पा’ का अभिनेता श्रीतेजमाथि शारीरिक तथा आर्थिक शोषण गरेको आरोप : Icon Khabar

हैदाराबाद, मंसिर १२ । अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ बाट चर्चामा आएका टलिउड अभिनेता श्रीतेजमाथि एक महिलाले विवाहको बहानामा शारीरिक तथा आर्थिक शोषण गरेको आरोप लगाएकी छन् ।

ती पीडित महिलाको उजुरीको आधारमा हैदरावादको कुकटपल्ली पुलिस स्टेशनमा अभिनेता विरुद्ध मुद्दा दर्ता गरिएको छ। साथै यस विषयमा अनुसन्धान भईरहेको छ ।

इन्डिया टुडेका अनुसार ती महिलाले नोभेम्बर २५ मा हैदराबादको कुकटपल्ली पुलिस स्टेशनमा उजुरी दिएकी थिइन् । अर्चना नामकी महिलासँग पहिलेदेखि नै श्रेतेजले सम्बन्ध राख्न दबाब दिएको महिलाले बताइन् ।

यति मात्र होइन, अभिनेताले झुटो बोलेर २० लाख रुपैयाँ पनि लिएको पीडितले बताइन् । उनलाई मानसिक र आर्थिक रुपमा समेत दुव्र्यवहार गरिएको थियो ।

पीडितले गत अप्रिलमा पनि श्रीतेजविरुद्ध उजुरी दिएकी थिइन् । तर त्यसबेला अभिनेताका परिवारले सबै समस्या छिट्टै समाधान हुने आश्वासन दिएकाले उनले आफ्नो गुनासो फिर्ता लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 November 2024
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू