मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घट्यो

मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, मंसिर ११ । घरेलु बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२० रुपैयाँ कायम भएको छ ।

सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशत र चाँदीको भन्सार दर पनि १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमामा झारेसँगै अघिल्लो दिन सुनको मूल्यमा व्यापक गिरावट आएको थियो ।

Published Date: 26 November 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु