रोनाल्डोको २ गोलसँगै अल नासरको जित

रोनाल्डोको २ गोलसँगै अल नासरको जित : Icon Khabar

काठमाडौं, मंसिर ११ । क्रिस्टियानो रोनाल्डोले २ गोल गरेको एएफसी च्याम्पियन्स लिग इलाइटको खेलमा साउदी क्लब अल नासरले कतारी क्लब अल घराफालाई ३-१ ले पराजित गरेको छ।

अल घराफाको मैदानमा सोमवार भएको खेलमा अल नासरको‌ लागि अर्को एन्जेलो गाब्रियलले गरे । घराफाका जोसेलुले गरेको गोल गरे ।

दोस्रो हाफको पहिलो मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अघि बढाए। ५८औं मिनेटमा गाब्रियलले गोल गरे । ६४औं मिनेटमा रोनाल्डोले अर्को गोल थपे ।

घराफाका जोसेलुले ७५ औं मिनेटमा गोल फर्काए। घराफाले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गर्यो । सेडोयु सानोले ८४औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदान छाडेका हुन् ।

समूह ‘बी’ मा अल नासरको ५ खेल मा १३ अंकका साथ दोस्रो स्थानमा छ । अल घराफा ४ अंकसहित आठौं स्थानमा छ । १२ टोली रहेको समूहमा अल अली साउदी १५ अंकसहित शीर्ष स्थानमा छ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 November 2024
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने