रोनाल्डोको २ गोलसँगै अल नासरको जित

रोनाल्डोको २ गोलसँगै अल नासरको जित : Icon Khabar

काठमाडौं, मंसिर ११ । क्रिस्टियानो रोनाल्डोले २ गोल गरेको एएफसी च्याम्पियन्स लिग इलाइटको खेलमा साउदी क्लब अल नासरले कतारी क्लब अल घराफालाई ३-१ ले पराजित गरेको छ।

अल घराफाको मैदानमा सोमवार भएको खेलमा अल नासरको‌ लागि अर्को एन्जेलो गाब्रियलले गरे । घराफाका जोसेलुले गरेको गोल गरे ।

दोस्रो हाफको पहिलो मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अघि बढाए। ५८औं मिनेटमा गाब्रियलले गोल गरे । ६४औं मिनेटमा रोनाल्डोले अर्को गोल थपे ।

घराफाका जोसेलुले ७५ औं मिनेटमा गोल फर्काए। घराफाले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गर्यो । सेडोयु सानोले ८४औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदान छाडेका हुन् ।

समूह ‘बी’ मा अल नासरको ५ खेल मा १३ अंकका साथ दोस्रो स्थानमा छ । अल घराफा ४ अंकसहित आठौं स्थानमा छ । १२ टोली रहेको समूहमा अल अली साउदी १५ अंकसहित शीर्ष स्थानमा छ।–एजेन्सी

Published Date: 26 November 2024
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता