बुधबार नेप्से परिसूचक ९.०९ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ९.०९ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, मंसिर ५ । नेप्से परिसूचक बुधबार ९.०९ विन्दुले बढेर २७११.७५ अंकमा आएको छ ।

आज ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको भाउ सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ८ वटा समूहका सूचक बढेका छन् । यसअघि करिब २८ सयको नजिक पुगिसकेको नेप्से पुनः २७ सयको मनोवैज्ञानिक विन्दु नजिक आएको छ ।

आज ३२३ कम्पनीको १ करोड ५४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३२ करोड ८१ लाखभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र नेपाल फाइनान्स परेका छन् ।

Published Date: 20 November 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर