अत्यधिक गर्मीका कारण पृथ्वीबाट कार्बन सोस्ने क्षमता आधाले घट्यो

अत्यधिक गर्मीका कारण पृथ्वीबाट कार्बन सोस्ने क्षमता आधाले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर ४ । युरोपीय अन्तरिक्ष एजेन्सीको सहयोगमा गरिएको एक अध्ययनले अत्यधिक गर्मीका कारण पृथ्वीबाट कार्बन सोस्ने क्षमता आधाले घटेको पत्ता लागेको छ ।

सन् २०२३ मा तातो हावाको लहरसँगै खडेरी र डढेलोका घटना बढेका थिए । त्यसले वायुमण्डलीय कार्बन सोस्ने क्षमता घटाइदिएको हो । जसका कारण वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर बढ्दा जलवायु परिवर्तनमा तीव्रता आएको आशंका छ ।

हवाईको मौना लोआ वेधशालाको मापनबाट थाहा हुन्छ कि सन् २०२३ मा वायुमण्डलीय कार्बनको मात्रा अघिल्लो वर्षको तुलनामा ८६ प्रतिशतले बढेको छ । यो १९५८ मा निगरानी सुरु गरेदेखिकै हालसम्मकै उच्च हो । यसको तीव्र वृद्धिका बाबजुद जिवाष्म इन्धन उत्सर्जन केबल ०.६ प्रतिशत वृद्धि भएको छ ।

वैज्ञानिकहरुका अनुसार सामान्यतया जमिनले कार्बन डाइअक्साइड उत्सर्जनको करिब एक तिहाइ हिस्सा सोस्ने गर्दछ । तर नेशनल साइन्स रिभ्यूमा प्रकाशित अनुसन्धान रिपोर्टमा उल्लेख भएअनुसार सन् २०२३ मा यो क्षमता खस्किएको छ ।

फ्रान्सको जलवायु र पर्यावरण विज्ञान प्रयोगशालाका शोधकर्ताका अनुसार यो गिरावटको ३० प्रतिशत कारण सन् २०२३ को अत्यधिक गर्मी थियो । यही गर्मीका कारण जंगलमा डढेलो फैलियो । क्यानडामा जंगलको ठूलो क्षेत्र नष्ट भयो र अमेजनको जंगल क्षेत्रमा पनि खडेरी पर्‍यो । शोधकर्ताका अनुसार डढेलो र खडेरीका कारण वनस्पतिमा क्षति पुग्यो र कार्बन सोस्ने क्षमता कमजोर भयो ।

अनुसन्धान रिपोर्टमा उल्लेख भएअनुसार क्यानडाको डढेलो र अमेजनको खडेरीका कारण वायुमण्डलमा त्यति नै कार्बन उत्सर्जन भयो जति उत्तरी अमेरिकाको कूल जिवाष्म इन्धन उत्सर्जन भयो । यसले प्राकृतिक पास्थितिकीय प्रणालीमा जलवायु परिवर्तनको गम्भीर प्रभाव परेको पुष्टि हुने वैज्ञानिकहको भनाइ छ ।

अमेजन विश्वको सबैभन्दा बढी कार्बन सोस्न सक्ने स्थानको रुपमा परिचित छ । तर केही वर्षयता यसका केही हिस्सामा कार्बन सोस्ने भन्दा धेरै उत्सर्जन हुनसक्ने चिन्ता छ ।

वैज्ञानिकहरुले मानवीय क्रियाकलापका कारण हुने कार्बन उत्सर्जन नघटेमा पृथ्वी संकटमा पर्ने चेतावनी दिँदै आएका छन् । त्यसैले पृथ्वीको जीवन जोगाइराख्न कार्बन उत्सर्जनमा कमी ल्याउनुपर्ने र जिवाष्म इन्धनको साटो नवीकरणीय ऊर्जामा जोड दिनुपर्ने वैज्ञानिकहरु बताउँछन् ।

Published Date: 19 November 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता