नेपालमा वायु प्रदूषणको जोखिम, पराल तथा फोहोरसमेत जलाउने गर्दा प्रदूषण

नेपालमा वायु प्रदूषणको जोखिम, पराल तथा फोहोरसमेत जलाउने गर्दा प्रदूषण : Icon Khabar

काठमाडौँ, मंसिर ३ । नेपालमा बर्सेनि ६ महिना वायु प्रदूषण जोखिम हुने गरेको छ । वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दासका अनुसार नोभेम्बरदेखि अप्रिलसम्म नेपालमा वायु प्रदूषणको जोखिम रहन्छ ।

उनले नेपालमा बर्सेनि करिब ३० लाख मेट्रिक टन कृषि अवशेष जलाइने बताए । जसले वायु प्रदूषण बढाउने उनको भनाइ छ । यसका साथै, सवारी साधन, उद्योग, निर्माण कार्य लगायतका कारणले वायु प्रदूषण हुने गर्दछ ।

‘भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोर विश्वमै सबैभन्दा बढी वायु प्रदूषणको जोखिममा छन्,’ उनले भने, ‘नेपालमा पनि सुरु हुन थालेको छ । पराल तथा फोहोरसमेत जलाउने गर्दा प्रदूषण बढ्छ ।’

बुधबार नेपालको आईक्यू एयरका अनुसार नेपालको एक्यूआइ १ सय २६ रहेको छ । डब्ल्यूएचओले एक्यूआई १५० भन्दामा माथि पुग्दा वायुलाई ‘अस्वस्थ’ मानेको छ । सो अंक ३०० भन्दा माथि पुगे त्यसलाई ‘खतरनाक’ मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 November 2024
Website | + posts






ताजा
सुनचाँदी व्यवसायीहरुद्वारा असार २७ गतेसम्मको संयुक्त विरोधको तालिका सार्वजनिक
आइतबार नेप्से परिसूचक ३.७५ अंकले बढ्यो
अण्डाको बाकस बालेर लामखुट्टे भगाउने प्रयास गर्नुहुन्छ ? सावधान
अमेरिकामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुग्यो








ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न