नेपालमा वायु प्रदूषणको जोखिम, पराल तथा फोहोरसमेत जलाउने गर्दा प्रदूषण

नेपालमा वायु प्रदूषणको जोखिम, पराल तथा फोहोरसमेत जलाउने गर्दा प्रदूषण : Icon Khabar

काठमाडौँ, मंसिर ३ । नेपालमा बर्सेनि ६ महिना वायु प्रदूषण जोखिम हुने गरेको छ । वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दासका अनुसार नोभेम्बरदेखि अप्रिलसम्म नेपालमा वायु प्रदूषणको जोखिम रहन्छ ।

उनले नेपालमा बर्सेनि करिब ३० लाख मेट्रिक टन कृषि अवशेष जलाइने बताए । जसले वायु प्रदूषण बढाउने उनको भनाइ छ । यसका साथै, सवारी साधन, उद्योग, निर्माण कार्य लगायतका कारणले वायु प्रदूषण हुने गर्दछ ।

‘भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोर विश्वमै सबैभन्दा बढी वायु प्रदूषणको जोखिममा छन्,’ उनले भने, ‘नेपालमा पनि सुरु हुन थालेको छ । पराल तथा फोहोरसमेत जलाउने गर्दा प्रदूषण बढ्छ ।’

बुधबार नेपालको आईक्यू एयरका अनुसार नेपालको एक्यूआइ १ सय २६ रहेको छ । डब्ल्यूएचओले एक्यूआई १५० भन्दामा माथि पुग्दा वायुलाई ‘अस्वस्थ’ मानेको छ । सो अंक ३०० भन्दा माथि पुगे त्यसलाई ‘खतरनाक’ मानिन्छ ।

Published Date: 18 November 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?