जाडो बढेसँग डेंगु सङ्क्रमितको सङ्ख्या घट्दै

जाडो बढेसँग डेंगु सङ्क्रमितको सङ्ख्या घट्दै : Icon Khabar

काठमाडौं, मंसिर ३ । जाडो बढेसँग डेंगु सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले एक हप्तादेखि डेंगु सङ्क्रमण हुनेको सङ्ख्या घट्दै गएको जानकारी दिए।

डा. दाहालका अनुसार कात्तिकको अन्तिम हप्तासम्म एक हजारको हाराहारीमा देखिएको डेंगुको सङ्क्रमण घटेर एक सयभन्दा कममा झरेको छ । डेंगु सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि यसको जोखिम कम भइनसकेकाले सावधान हुन उहाँले आग्रह गरे।

कार्तिकको हप्तासम्म एक हजारको हाराहारीमा देखिएको डेंगुको सङ्क्रमण घटेर एक सयभन्दा कममा झरेको छ । उनका अनुसार यो वर्ष हुम्ला बाहेक ७६ जिल्लाबाट पुस महिनादेखि हालसम्म २९ हजारको हाराहारीमा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै १२ जनाको मृत्यु भएको छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगु सङ्क्रमण सङ्ख्यात्मक रूपमा घट्दै गए पनि गम्भीर लक्षण लिएर बिरामी अस्पतालमा पुगेको जानकारी दिए।

डेंगु सङ्क्रमण सङ्ख्यात्मक रूपमा घट्दै गए पनि यसको जोखिम कम भइनसकेकाले सचेत रहन डा. पुनले आग्रह गरे । कडा बान्ता भएर, खान मन नलाग्ने जस्ता लक्षण लिएर डेंगुका बिरामी अझै पनि अस्पतालमा आइरहेको जानकारी दिए।।

उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी र मांसपेशीहरू दुख्ने, शरीरमा राता बिमिरा आउने, आँखाको गेडी दुख्ने वाकवाकी लाग्ने डेंगुका प्रमुख लक्षण हुन्।

Published Date: 18 November 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग