जाडो बढेसँग डेंगु सङ्क्रमितको सङ्ख्या घट्दै

जाडो बढेसँग डेंगु सङ्क्रमितको सङ्ख्या घट्दै : Icon Khabar

काठमाडौं, मंसिर ३ । जाडो बढेसँग डेंगु सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले एक हप्तादेखि डेंगु सङ्क्रमण हुनेको सङ्ख्या घट्दै गएको जानकारी दिए।

डा. दाहालका अनुसार कात्तिकको अन्तिम हप्तासम्म एक हजारको हाराहारीमा देखिएको डेंगुको सङ्क्रमण घटेर एक सयभन्दा कममा झरेको छ । डेंगु सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि यसको जोखिम कम भइनसकेकाले सावधान हुन उहाँले आग्रह गरे।

कार्तिकको हप्तासम्म एक हजारको हाराहारीमा देखिएको डेंगुको सङ्क्रमण घटेर एक सयभन्दा कममा झरेको छ । उनका अनुसार यो वर्ष हुम्ला बाहेक ७६ जिल्लाबाट पुस महिनादेखि हालसम्म २९ हजारको हाराहारीमा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै १२ जनाको मृत्यु भएको छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगु सङ्क्रमण सङ्ख्यात्मक रूपमा घट्दै गए पनि गम्भीर लक्षण लिएर बिरामी अस्पतालमा पुगेको जानकारी दिए।

डेंगु सङ्क्रमण सङ्ख्यात्मक रूपमा घट्दै गए पनि यसको जोखिम कम भइनसकेकाले सचेत रहन डा. पुनले आग्रह गरे । कडा बान्ता भएर, खान मन नलाग्ने जस्ता लक्षण लिएर डेंगुका बिरामी अझै पनि अस्पतालमा आइरहेको जानकारी दिए।।

उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी र मांसपेशीहरू दुख्ने, शरीरमा राता बिमिरा आउने, आँखाको गेडी दुख्ने वाकवाकी लाग्ने डेंगुका प्रमुख लक्षण हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 November 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने