चिनियाँ राष्ट्रपति सी चिनफिङ र बाइडेन राष्ट्रपति ट्रम्पसँग मिलेर अघि बढ्ने

चिनियाँ राष्ट्रपति सी चिनफिङ र बाइडेन राष्ट्रपति ट्रम्पसँग मिलेर अघि बढ्ने : Icon Khabar

काठमाडौँ, मंसिर ३ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका निवर्तमान राष्ट्रपति जो बाइडेनबीचको भेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

पेरुमा आयोजित एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) को वार्षिक शिखर सम्मेलनको साइडलाइन बैठकमा सी र बाइडेनबीच भएको कुराकानीमा ट्रम्पलाई सघाउने विषयमा छलफल भएको हो ।

भेटमा सीले बाइडेनको कार्यकालमा अमेरिका र चीनबिचको सम्बन्धमा आएको उतारचढाव पनि स्वीकार गरेका थिए । सो क्रममा व्यापार र ताइवानका मुद्दाहरूमा तनाव कम गर्नेबारे पनि छलफल भएको थियो ।

ट्रम्पको कार्यकाल सुरु भएसँगै चीन र अमेरिकाबिचको सम्बन्धमा तनाव बढ्न सक्ने अनुमान गरिरहेका बेला दुई नेताबीचको भेटले नयाँ सन्देश प्रवाह गरेको छ । भेटका क्रममा दुई विश्वव्यापी शक्तिहरूबीचको रणनीतिक प्रतिस्पर्धालाई युद्धमा धकेल्न नहुने बताएका थिए ।

शनिबार बाइडेनसँगको भेटमा चिनियाँ राष्ट्रपति सीले बेइजिङ वासिङ्टनसँगको स्थिर सम्बन्धमा कायमै रहने पनि बताएका छन् ।

Published Date: 18 November 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग