चिनियाँ राष्ट्रपति सी चिनफिङ र बाइडेन राष्ट्रपति ट्रम्पसँग मिलेर अघि बढ्ने

चिनियाँ राष्ट्रपति सी चिनफिङ र बाइडेन राष्ट्रपति ट्रम्पसँग मिलेर अघि बढ्ने : Icon Khabar

काठमाडौँ, मंसिर ३ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका निवर्तमान राष्ट्रपति जो बाइडेनबीचको भेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

पेरुमा आयोजित एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) को वार्षिक शिखर सम्मेलनको साइडलाइन बैठकमा सी र बाइडेनबीच भएको कुराकानीमा ट्रम्पलाई सघाउने विषयमा छलफल भएको हो ।

भेटमा सीले बाइडेनको कार्यकालमा अमेरिका र चीनबिचको सम्बन्धमा आएको उतारचढाव पनि स्वीकार गरेका थिए । सो क्रममा व्यापार र ताइवानका मुद्दाहरूमा तनाव कम गर्नेबारे पनि छलफल भएको थियो ।

ट्रम्पको कार्यकाल सुरु भएसँगै चीन र अमेरिकाबिचको सम्बन्धमा तनाव बढ्न सक्ने अनुमान गरिरहेका बेला दुई नेताबीचको भेटले नयाँ सन्देश प्रवाह गरेको छ । भेटका क्रममा दुई विश्वव्यापी शक्तिहरूबीचको रणनीतिक प्रतिस्पर्धालाई युद्धमा धकेल्न नहुने बताएका थिए ।

शनिबार बाइडेनसँगको भेटमा चिनियाँ राष्ट्रपति सीले बेइजिङ वासिङ्टनसँगको स्थिर सम्बन्धमा कायमै रहने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 November 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने