भक्तपुर, मंसिर २ । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले ठेक्काको काम कस्तो हुन्छ भनी बुझ्न अहिले पुरातत्व विभागले ठेक्कामा दिएको भक्तपुरको दरबार क्षेत्र स्थित पशुपति मन्दिर हेरे पुग्ने बताएका छन्।
काठमाडौँमा आयोजित महालेखा परिक्षकको आर्थिक सुशासनका लागि लेखापरिक्षण र बेरुजु फछ्यौट सम्बन्धी छलफलमा उनले सो कुरा बताएका हुन्।
उनले भने, “ठेक्काको काम कस्तो हुन्छ भनी बुझ्न अहिले पुरातत्व विभागले ठेक्कामा दिएको भक्तपुरको दरबार क्षेत्र स्थित पशुपति मन्दिर हेरे पुग्छ । विश्व सम्पदामा सूचिकृत त्यो ठाउँमा जस्तापाटाको छाना राखेर अधुरो काम देखाएर राखेको छ । हामीले कति त्यहाँका पुरातत्व विभागका हाकिमहरुलाई भन्ने ? उहाँहरु ठेकेदारले राम्रोसंग काम नगरेको भनी लाचारी व्यक्त गर्नु हुन्छ । दैनिक हजारौं स्वदेशी र विदेशी पर्यटकहरु आउने विश्व सम्पदामा सुचिकृत ठाउँमा प्राचीन स्मारक संरक्षण ऐन विपरीतका कामहरु गर्नु हुने थिएन । अरुले गर्दा नियन्त्रण गर्नु पर्नेमा पुरातत्व आफैले त्यसतो कामहरु गर्दा कस्ले कारवाही गर्ने ?
Published Date: 17 November 2024