श्रम स्वीकृति लिएका नेपालीलाई भारतबाट अन्य श्रम गन्तव्य मुलुक जाँदा एनओसी नचाहिने

श्रम स्वीकृति लिएका नेपालीलाई भारतबाट अन्य श्रम गन्तव्य मुलुक जाँदा एनओसी नचाहिने : Icon Khabar

काठमाडौँ, कार्तिक २६ । श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको दिल्ली हुँदै श्रम गन्तव्य मुलुक जानेहरूलाई ‘नो अब्जेक्शन लेटर’ (एनओसी) नचाहिने भएको छ।

सोमबार दिल्लीस्थित दूतावासले सूचना जारी गर्दै श्रम स्वीकृति लिएका नेपालीहरूलाई भारतको एयरपोर्ट हुँदै श्रम गन्तव्य जाँदा एनओसी नचाहिने भएको हो।

‘वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएका नेपालीहरूका लागि दूतावासबाट एनओसी लिन पर्नेछैन,’ सूचनामा उल्लेख छ। साथै अमेरिका, बेलायत तथा सेन्जेन मुलुकको भीसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी नचाहिने दूतावासले जनाएको छ।

रूसमा छात्रवृत्ति वा व्यापार भिसामा जानेहरूले पनि एनओसी लिनुपर्ने सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 November 2024
Website | + posts
ताजा
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू