श्रम स्वीकृति लिएका नेपालीलाई भारतबाट अन्य श्रम गन्तव्य मुलुक जाँदा एनओसी नचाहिने

श्रम स्वीकृति लिएका नेपालीलाई भारतबाट अन्य श्रम गन्तव्य मुलुक जाँदा एनओसी नचाहिने : Icon Khabar

काठमाडौँ, कार्तिक २६ । श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको दिल्ली हुँदै श्रम गन्तव्य मुलुक जानेहरूलाई ‘नो अब्जेक्शन लेटर’ (एनओसी) नचाहिने भएको छ।

सोमबार दिल्लीस्थित दूतावासले सूचना जारी गर्दै श्रम स्वीकृति लिएका नेपालीहरूलाई भारतको एयरपोर्ट हुँदै श्रम गन्तव्य जाँदा एनओसी नचाहिने भएको हो।

‘वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएका नेपालीहरूका लागि दूतावासबाट एनओसी लिन पर्नेछैन,’ सूचनामा उल्लेख छ। साथै अमेरिका, बेलायत तथा सेन्जेन मुलुकको भीसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी नचाहिने दूतावासले जनाएको छ।

रूसमा छात्रवृत्ति वा व्यापार भिसामा जानेहरूले पनि एनओसी लिनुपर्ने सूचनामा उल्लेख छ।

Published Date: 11 November 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न