लाङ्टाङमा हराइरहेका एक विदेशी पर्यटक मृत फेला

लाङ्टाङमा हराइरहेका एक विदेशी पर्यटक मृत फेला : Icon Khabar

काठमाडौँ, कार्तिक २३ । लाङ्टाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव भट्टराईका अनुसार हिमाली पदयात्राका क्रममा दुई हप्ता अगाडिदेखि हराइरहेका राहदानी नं बिसी ८९१५०२८ का ३४ वर्षीय स्लोभाकियाका अन्ड्रेज हुसुर्कालाई तेस्रोपटकको हवाई खोज उद्धारबाट फेलापरेको हो।

समुद्र सतहबाट एक हजार सात सय मिटरको उचाइमा रहेको लिरूङ हिमाल क्षेत्रको करिब ३० मिटरको गहिरो खोंचमा वरिष्ठ क्याप्टेन विवेक खड्काको उद्धार समूहले पर्यटकको शव फेलापारेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए।

ती पर्यटकको शव परीक्षणका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल राखिएको छ। उनीसँगै गएका चेकरिपब्लिकका राहदानी नं ४६१५६३३०९१ राहदानी नं ५० का मारेक होलेसेक भने गत हप्ता सम्पर्कमा आएका थिए।

ठमेलस्थित काठमाडौँ ट्रेकिङ कम्पनीमार्फत पठाएको पर्यटकलाई हिमालमा पठाउँदा न्यूनतम मापदण्ड पूरा गरे/नगरेको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Published Date: 08 November 2024


ताजा
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु